करण जौहरको च्याट शो मा जानु महंगो भयो यी क्रिकेटरलाई, टीमबाट निलम्बित

२७ पौष २०७५
banner

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड  (बीसीसीआई)ले टीमका ओपनर लोकश राहुल र अलराउण्डर हार्दिक पंड्यालाई निलम्बन गरेको छ । उनीहरु दुबै जना हाल अष्ट्रेलिया भ्रमणमा रहेका थिए । उनीहरुलाई त्यहाँबाट फिर्ता बोलाइएको छ । 

दुबैजना क्रिकेटर एक टेलिभिजन शो कफी वीद करणमा सहभागी भएका थिए । सो कार्यक्रममा पंड्याले व्यक्त गरेको विचारका कारण उनीहरु संकटमा परेका हुन् । यद्यपी यो घटनामा राहुलको गल्ति भनेको सो कार्यक्रममा सहभागी हुनुमात्र हो ।

शो मा हार्दिकले एक प्रश्नको जवाफ दिनेक्रममा महिलाको भावनामा ठेस पुग्ने किसिमको विवादित बयान दिएका थिए । उनले कैयौं महिलासँग आफ्नो शारीरिक सम्बन्ध रहेको बताएका थिए ।

यसपछि उनको निकै आलोचना भएको थियो । कप्तान विराट कोहलीले पनि यस्तो विचारको आलोचना गरेका थिए । यसैबीच स्टार नेटवर्कले कफी वीद करणको विवादित शोलाई हटाएको छ । 

सर्वोच्च अदालतद्वारा गठित प्रशासकहरुको समिति (सीओए)का प्रमुख विनोद रायले दुईजना क्रिकेटरलाई निलम्बन गरिएको जानकारी दिए । उनले यो विषयमा जाँच पूरा हुनेबेलासम्म उनीहरुमाथि निलम्बन जारी रहने बताए । 

यो विवादपछि हार्दिकले ट्वीट गरेर माफी पनि मागेका थिए । उनले शो को नेचरअनुसार आफू त्यसमा लिन भएर जवाफ दिएको बताएका थिए । उनले आफ्नो भनाईले कसैमाथि भावनामा ठेस पुगेकोमा माफीसमेत मागेका थिए । उनले आफुले कसैको भावनामाथि ठेस पुर्याउन त्यस्तो नभनेको बताएका थिए । 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll