काठमाडौं महानगरको पहिलो होमस्टे हाडीगाउँमा

२४ अषाढ २०७६
banner

काठमाडौं । काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ।

पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ। होमस्टे सञ्चालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन्।

उनले भनिन्, ‘हामीले यहि असार १९ गतेदेखि ३५ गतेसम्म होमस्टे सञ्चालन गर्न सैद्धान्तिक ज्ञान लियौ, अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं।’

नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं भन्ने नारासहित स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने विश्वासका साथ होमस्टे सञ्चालन गर्न लागिएको उनले बताइन्। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले शैद्धान्तिक ज्ञान हासिल गरेका प्रशिक्षार्थीलाई प्रयोगात्मक ज्ञानका लागि नाथमले सहयोग गर्ने बताए।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l