अमेरिकामा ५४ तले बिल्डिङमा हेलिकप्टर खस्यो

२९ जेठ २०७६
banner

photo: Fox News

वाशिङटन। अमेरिकाको म्यानहटनमा एक ५४ तले भवनमा हेलिकप्टर खसेको छ । सोमबार साँझ आकस्मिक ल्याण्ड गर्ने प्रयास गरिरहेको विमान बिल्डिङमाथि खसेको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको छ । 

यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोका अनुसार अगस्टा ए १०९ इ हेलिकप्टरलाई आपतकालीन स्थितिमा भवनको छतमा ल्याण्ड गराइँदै थियो । यस क्रममा हेलिकप्टरमा आगो लाग्यो । भवनमा रहेका सबैलाई बाहिर निकालियो । 

गभर्नर कुओमो र मेयर बिल डी ब्लासियोले दुर्घटनामा भवनमा रहेका कुनै पनि व्यक्ति घाइते नभएको पुष्टि गरेका छन् । उनका अनुसार सबैलाई सुरक्षित बाहिर निकालिएको छ । हेलिकप्टरलाई बिल्डिङको छतमा ल्याण्ड गराउने क्रममा आगो लागेको थियो । अग्नी नियन्त्रण विभागले केही समयमै नियन्त्रणमा लिएको बताइएको छ । 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli