'रोल मोडलको नाममा गोल मोडल नगर्नुस्”

२० आश्विन २०७५

banner

हेमराज भट्ट

लस एन्जलस, क्यालिफोर्निया । समाजमा हुने हरेक घटनाक्रमको बिषयमा तिन किशिमका तर्कहरू निस्कन्छन्, (१) एउटा तपाईको तर्क (२) दोश्रो मेरो तर्क र (३) तेश्रो सत्य तर्क, यहि आधारमा छलफल र बहष गरेर हरेक बिषयमा रहेको समस्या साबधानको उपाय सहित निकर्ष निकालिन्छ। समतामुलक समाज र बिधिको शासन रहेको ठाउँमा पनि यिनै बिषयले प्रवेश पाउँदछ, उदाहरणको लागि न्यायलयले कुनैपनि बिषयको र मुद्धामा आफ्नो निर्णय दिनुपुर्व यिनै प्रक्रियाको अबलम्वन गर्दछ, दुबैपक्ष बिचको घनिघुत छलफल,बहष र वकालत पश्चात मात्र त्यसको प्रकृतिलाई गभ्भीर अध्ययन गरेर मात्र आदेश गर्दछ। यो कानुनी राज्यको प्रजातान्त्रिक अभ्यासको सामान्य नियम र दायरा भित्र पर्दछ। 

अहिले ग्रेटर लस एन्जलसको नरवार्क शहरमा स्थापना गरिएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर आफ्नो नयॉं नेतृत्व चयनको प्रारभ्भमा छ, संगै यस समाजमा यी बिषयमा दुई खाले तर्कहरू बाहिर निस्किएको छ, जुनसुकै बाहनामा भएपनि आफु कुनै न कुनै स्तरको नेतृत्वमा पुग्न खोज्नेले आफ्नै किशिमको तर्क अघि सारेको छ र नेतृत्व पुगौं या नपुगौं यसलाई कसरी प्रजातान्त्रिक,पारदर्शिक र आम दाताहरूको पहुँचमा पुर्याउन सकिन्छ भन्ने अर्को थरी तर्क, यी त भए आत्मा केन्द्रित रहेर गरिने तर्क, ब्याख्या र बिश्लेषण, तर मैले माथि नै उल्लेख गरेको तेश्रो वा सत्य तर्कको बिषयमा निर्णय लिने सामर्थ र ताकत कसले राख्दछ त ? यो बिधमानको बडा गभ्भीर बिषय हो पशुपतिनाथ फाउण्डेसन र बुद्ध मन्दिर लस एन्जलसका लागि। 

समाजको एक सचेत नागरिक र यस संस्थाको शुरूवात देखिकै कुनै न कुनै प्रकारले हाम्रो धर्म, संस्कृति र परम्परालाई अक्षुण राख्न सकरात्मक सोंचका साथ सकेको बेलामा थोरै भएपनि समय दिएको र यसको संधै उज्ज्वल भविष्य देख्न चाहाने मानिसका नाताले यस सम्बन्धमा केहि कुरा नलेखि मेरो मन मानेन, बिग्रन लागेको भित्र मन देखिकै लागेको साथै यसको जिम्मेवारीमा रहनु भएका बिशिष्ट महानुभावहरूको केहि कार्यशैली अलि अनुदार र संकिर्ण हो कि भन्ने कता कता चिसो पसेकोले समयमा नै प्रश्न र खबरदारी गर्दा त्यसको प्रत्यक्ष लाभ सिंगो समाजले लिन सक्छ र देखिएका तिक्तता र अन्यौलतालाई पन्छाउदै हाम्रो समुदाय एकढिक्का भएर गएमा भविष्यमा आईलाग्ने जस्तोसुकै चुनौतिको पनि सामना गर्नसक्छ भन्ने उच्च मनोकामना राख्दै, अहिले नलेखे कहिले लेख्ने ? मैले नलेखे कसले लेख्ने ?

अहिले नसुधारे कहिले सुधार्ने ? भोली यो आलेख पढ्दै गर्दा या सामाजिक संजालका भित्तामा देख्दै गर्दा म माथि लगाईने वा गरिने पहिलो र दोश्रो तर्कका बिषयमा मैले खासै ठुलो ध्यान र महत्व दिएको छैन, यसलाई सहर्ष स्विकार्नका लागि म तयार छु। मलाई कसैले भगवान् बिरोधी वा मन्दिर बिरोधीको उपाधीले बिभुषित गरोस् ? म एक राजनितिक, सामाजिक र सॉंस्कृतिक हिसाबले थोरै नै मात्रामा भएपनि दख्खल राख्ने ब्यक्तिका नाताले तेश्रो तर्कका सम्बन्धमा मेरो या दोश्रो तर्क यहॉं पस्कने जमर्को गरेको छु। कसैलाई तितो लागेमा क्षमा प्रार्थि छु, किनकि सत्य संधै तितो नै हुन्छ र अदृश्य नै हुन्छ। 

सन् २००९ को अन्त्य तिरबाट बामे सर्दै गरेको यस श्री पशुपतिनाथ फाउण्डेसनले स्थापनाको ८ बर्षको हाराहारिमै आफ्नै भवनमा नियमित पुजापाठ गर्दै अगाडी बढेको छ, हामीले मन्दिर निर्माणको सामान्य अबस्था वा प्रारभ्भिक चरणलाई मात्र पार गरेका छौ। हामीले यस पछाडी अरूधेरै काम गर्नुपर्ने छ, तर यस्तो उत्कृष्ट र अमुल्य काम गरेर बिदा हुनै लागेको नेतृत्व यो बिषयमा गभ्भीर भएको मैले पाईन, लेखकले यस बिषयमा सम्बन्धित जिम्मेवार ब्यक्तिहरूको एक पटक होईन पटक पटक ध्यान आकर्षण गराएको तत्थलाई तपाई र सिंगो समाज सामु जानाकारी गराउन चाहान्छु।

ब्यक्तिगत संबादमा मैले उहॉंहरूलाई धेरै सकरात्मक पॉंए र आशा पनि लिए, उहॉंहरूले बिधि र प्रक्रिया कै रटानका भरमा अगाडी जाने भन्दापनि चलिरहेको बोर्ड गठनको प्रक्रियालाई पारदर्शिक बनाउनेमा केहि न केहि सकरात्मक निर्णय आउला र यस बिषयमा सार्वजनिक धारणा राखौला भनेर पर्खिएको छु, तर उहॉंहरूले पारदर्शिक ढंगले जाने कुनै संभावना देखिदैन, बोर्ड सदस्य हुनका लागि कति मानिसहरूले निवेदन दिनुभयो भन्ने सम्म पनि अहिले सम्म समाजलाई जानाकारी गराईएको छैन, यस भित्र रहेको अदृश्य नियत र उदेश्य के हो ? म सार्बजनिक हिसाबले प्रश्न गर्न चाहान्छु। 

दुनियॉंमा कहि हुन्छ आफै नियम बनाउने, आफै नियम पास गर्ने, आफै बोर्ड सेलेक्सन समिति बनाउने, आफै सेलेक्सन समितिमा बस्ने, आफै निवेदन माग्ने, मागिएको निवेदनमा प्राप्त निवेदकको संख्या प्रकासित गर्न नपर्ने र आफै २१ जनाको बोर्ड गठन भएको जानाकारी गराउने, बोर्डले गरेको हरेक कामको मुल्यांकन गर्ने जिम्मा सिंगो समुदायलाई दिनु पर्दैन या हामी यो चरणमा प्रवेश गर्दैछौ है भनेर बोर्डले आम दाताहरूको सार्वजनिक भेला राखेर जानाकारी दिन सक्दैन। प्रजातान्त्रिक मुल्य र मान्यताको सामान्य सिद्धान्त भित्र पर्छ शक्ति संतुलन, हाम्रो यो चालु बोर्डले लगभग पॉंचबर्ष देखि काम गरेको छ, हामीले गरेको राम्रो र नराम्रो कामको बारेमा हाम्रा दाताहरूले बोल्न पॉंउने कि नपॉंउने ?

जब मानिसमा केहि कुराको स्वार्थ लुक्छ अनि उ दुबिधामा पर्छ, तर यो पबित्र काममा कसैको ब्यक्तिस्वार्थ छ जस्तो मलाई लाग्दैन तर दुबिधामा भने देखेको छु। समय छँदैमा तपाईमा रहेको दुबिधा हटाउने जमर्को गर्नुहोस्, यसले तपाईलाई नै महान् बनाउछ। भोलि यसो गरेको भए हुने रहेछ वा त्यसो गरेको भए राम्रो हुन्थ्यो भन्ने कुरामा बहष गरेर समय खर्चिनु भन्दा यो अति उपयुक्त समय हो, यसका बारेमा निर्णय लिने। 

यो कुनै पारिवारिक र ब्यक्तिगत कुरा होईन यो धार्मिक र सामाजिक बिषय हो, यस बिषयको उठानले कसैले नाक खुम्च्याउन पर्दैन, भोली यहि समाजले भोग्न नै पर्ने बिषय र सामाजिक सद्भावमा कुनै असर नपरोस् भनेर मैले शब्दमा समेत सचेतता अपनाएको छु। हामीले एजेण्डा, बहष, लक्ष्य, कार्यशैली पिच्छे मानिसलाई कर्के नजरले हेर्दै,पन्छाउदै र छोड्दै जॉंदा भोली कोहि नरहन सक्छ, लस एन्जलसको १० बर्षको मेरो बसाईमा सबै त भन्दिन तर धेरै साथी बनाएको छु, ब्यक्तिगत हिसाबले भोली परे ध्वनिमा नै साथीहरूले पशुपतिनाथ मन्दिरको बारेमा बिभिन्न ठॉंउमा बस्दा गरेका तर्कलाई अबश्य पस्कने छु, तर लेखकले यो शब्द कोर्दै गर्दा कसैको नाम यहॉं उच्चारण वा उल्लेख गर्न योग्य ठानिन, तर मैले तपाईको भावानाको प्रतिनिधित्व भने पक्कै गरेको छु। 

अन्तमा, बॉंकि कुरालाई भोलि पनि उठान गर्न सकिन्छ, मैले बुझेसम्म तपाईहरूले तय गरेको यात्रा लागि छान्नु भएका यात्रीलाई यो बिबादको भारी किमार्थ नबोकाउनुस्, र रोल मोडलका नाममा गोल मोडल नगर्नुस् भन्ने मेरो कोटी कोटी बिनम्र अनुरोध छ। असहमतिका स्वरहरू गुन्जदै गर्दा नसुनिएको जस्तो गरी ठट्टामा उडाई दिंदा तपाईहरूले यस संस्थामा संस्थागतै बिबाद र कलहलाई भित्राउने कोशिष गरेको तथ्य सबैका सामु छर्लगं हुन्छ। 

अनि सक्ने र पाउँनेले मात्र सामाजिक संस्थाका नाममा मनोपली गर्ने गलत अभ्यास र परम्पराको थालनी हुन्छ। संधियौ सम्मका लागि हाम्रा मनलाई चिराचिरा पार्नुको अलवा मनलाई मिलाउ, मन मिल्दा मत पनि अबश्य मिल्छ,यो सामाजिक काम हो, सामाजिक काममा ब्यक्तिगत जीवनमा जस्तो हप्ता, महिनाले केहि फरक पर्दैन, धैर्यताको फल मिठो हुन्छ, हामीले यहि बोर्ड र नेतृत्वले मन्दिर उद्घाटन गर्ने गरी सॉंढे दुई बर्ष समय लम्ब्याएको सबैलाई सर्बबिधितै छ । 

अर्को दुई तिन महिनामा आकास पक्कै झर्दैन, पशुपतिनाथ फाउण्डेसनले एउटा बृहत दाताहरूको भेला आफ्नै आगन र भवनमा राखि कंचन ह्रदयका साथ उल्लासमय वाताबरणमा घनिघुत छलफल गरौ र त्यसबाट निष्किएको निचोडलाई सबैले अक्षरस पालाना गरौ, यसमा नै पशुपतिनाथ र बुद्ध मन्दिरको भलो हुनेछ, नत्र बिबाद सहितको नेतृत्व पाउने साथीले पनि यो बिबादलाई चिर्ने सामर्थ राख्दैन, त्यसैले बाख्राले गल्ती गर्दा भेंडाको कान काट्ने भन्ने प्रचलित नेपाली उखान छ। राम्रो काम गर्दा जस र नराम्रो काम गर्दा अपजस पक्कै पॉंउछ। आफ्नो ईतिहास आफैले बनाउने हो, सबैले ईतिहासलाई दृश्टिगत गर्दै सुन्दर पशुपतिनाथ, बुद्ध मन्दिर र नेपाली सामुदायिक केन्द्र बनाउने सपना सहितको भविष्य देख्नुहोस्।

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको जय !!!

Leave a reply

HTML Tags are not supported

Post My Comment »