इन्टरनेट इतिहासः सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

२९ फाल्गुन २०७५
banner

बीबीसी । के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ।

त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडियो थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु।

तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ।

विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाहरू जसलाई विश्वभरका करौडौं मानिसहरूले दैनिक हेर्छन्।

कहाँबाट यो शुरू भयो?

पारमाणिक अध्ययनका लागि युरोपेली संस्थाको यहि कम्प्युटरमा पहिलो वेबपेज हेरिएको थियो

डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्न,मा भएको थियो।

जेनेभामा मुख्यालय भएको भएपनि सो संस्थामा १०० भन्दा बढी देशमा रहेका १० हजारजना भन्दा बढी वैज्ञानिकहरू जोडिएका थिए। उनीहरूका लागि भरपर्दो सञ्चार माध्यमको आवश्यकता थियो।

यसको जन्मदाता थिए बेलायती भौतिकशास्त्री तथा इञ्जिनियर टिम बर्नर्स-ली जसले ती सबै वैज्ञानिकहरूबिच सुरक्षितरूपमा आफ्नो अध्ययनका बारेमा जानकारी आदानप्रदान गर्न सूचना व्यवस्थापन प्रणालीुको प्रस्ताव गरेका थिए।

बर्नर्स-लीका तत्कालिन हाकिम मार्क सेन्डलले त्यो प्रस्तावलाई 'अस्पष्ट तर चाखलाग्दो' भनेका थिए।

पारमाणिक अध्ययनका लागि युरोपेली संस्था

आज वेब हरपल थपिइरहने अनगिन्ती फाइल, तस्वीर र सञ्जालको विशाल सूचना भण्डार बनेको छ।

तर ३० वर्ष अगाडी बर्नर्स-लीले आफ्नो कम्प्युटरमा आफ्नो आविष्कार राखेका थिए र यसलाई हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल भनेर नाम दिएका थिए। आज हामीले इन्टरनेटका ठेगाना दिदाँ देख्ने एचटीटीपी उनले दिएको नामको छोटकरी रूप हो।

उनले वेब शुरु गरेको साधारण विचार थियो – सूचना व्यवस्थापनः एक प्रस्ताव

त्यसको एक वर्षपछि सन् १९९० डिसेम्बर २० मा वेब आन्तरिक प्रयोजनका लागि र सन् १९९१ अगस्टमा सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो। सन् १९९३ अप्रिल ३० मा यसको धेरै प्रयोग होस् भनेर पारमाणविक अध्ययनका लागि युरोपेली संस्था सिइआरएनले वेबको सफ्टवेयर सार्वजनिक गरेको थियो।

बाँकीको इतिहास सबैका सामु छ – वेब इन्टरनेटको पर्यायवाची बन्यो।

त्यो बेलाको प्रविधि

सन् १९९० मा प्रविधिको सबैभन्दा उच्चतम प्रारुप

त्यो बेलाको प्रविधि कस्तो थियो तः त्यो बेला न विण्डोज थियो न गुगल क्रोम। व्यक्तिगत कम्प्युटर औंलामा गन्न सकिन्थ्यो, र प्रविधि बजार सारै नै प्राविधिक र हेर्दा दिक्कलाग्दो थियो। इन्टरनेटको एकमात्र प्रयोग भनेको केही इमेल र फाइल पठाउने थियो।

र इन्टरनेट चलाउनका लागि फोन जोड्ने तारबाट काम चलाउनु पर्ने बाध्यता थियो जसका लागि धैर्यता आवश्यक थियो। किनभने इन्टरनेटमा जोडिन र फाइल पठाउन लामो समय लाग्थ्यो।

फेसबुकको सर्भर

अहिले फोरजीको जमानामा हामी द्रुत गतिको इन्टरनेट चलाउछौँ र केही सेकेण्ड इन्टरनेट चलेन भने दिक्क मान्छौँ तर त्यो बेला इन्टरनेट चलाउन दिक्दारी व्यवस्थापन गर्न जान्नुपर्दथ्यो। पहिलो वेबपेज पनि आजको हिसाबले उस्तै दिक्कलाग्दो थियो। केही खैरो बाकसमा भएका अक्षरहरू तर त्यो बेला त्यही पनि ठूलो आविष्कार थियो।

अनि साँच्चै त्यो बेला गुगलजस्तो सर्च इन्जिन पनि थिएन।

कस्तो थियो पहिलो वेबपेज?

हेर्नुहोस् पहिलो वेबपेज

सन् १९८९ को पहिलो वेबपेजमा त ठेगाना राख्ने ठाँउपनि थिएन।

त्यसमा कुनै तस्वीर वा चित्र वा आवाज थिएन।

रोबर्ट काइलेउ डब्ल्युडब्ल्युडब्ल्यु परियोजनामा बर्नर्स–लीका पहिलो सहायक थिए

त्यो बेलादेखि धेरै कुरा बदलिएको छः

–वेबपेज बनाउने एचटीएमएल भनिने भाषामा व्यापक सुधार भएको छ।
–एचटीटीपी भनिने वेबपेज कसरी देखिन्छ भन्ने नियम र इन्टरनेट ब्राउजरले कसरी हामीले भनेजसो गर्छ भन्ने निर्देशनमा यति परिवर्तन भएको छ की यो बर्नर्स(लीले बनाएको भन्दा धेरै फरक भइसकेको छ।
–र हाम्रो वेब चलाउने तरिका र अनुभवलाई रमाइलो बनाउने सर्च इञ्जिन र ब्राउजर दिन प्रतिदिन राम्रो र परिष्कृत बन्दै गएका छन्।
यसको अर्थ आज हामी अनलाइनमा जे देख्छौँ त्यो पहिलो वेबपेजभन्दा नितान्त भिन्न छ।

वेबको विकास

टिम बर्नर्स-ली

सन् १९९४ मा बर्नर्स-लीले डब्ल्युडब्ल्युडब्ल्युको व्यवस्थापन गरेर विश्वभर एउटै मापदण्ड बनाउने डब्ल्युडब्ल्युडब्ल्यु कन्सोर्टियम स्थापना गरे।

'यदि तपाईँले वेबपेज हेर्नु गज्जब हो भन्ठान्नु भएको छ भने म विश्वस्त छु तपाईँले कहिल्यै वेबपेज बनाउनु भएको छैन,' बर्नर्स-लीले सन् १९९८ मा भनेका थिए। 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |