कविता - 'होलीको शुभकामना'

१० चैत्र २०७५
banner

'होलीको शुभकामना' (दीपक एम.सी.)

तिम्रो जिन्दगी हरियाली बनोस्
तिम्रा जिन्दगीका सबै गह्राहरु
बारीहरु अनि बाझा रहेका खोरिया समेत
हराभरा बनोस्!
मुस्कुराउदै डाडाको पिपलुले पनि भनोस्
हरियो रङ्गको शुभकामना ।
होलीको शुभकामना ।।

तिम्रा सपनाको आयतन असीमित बनोस्
तिम्रा अगणित आकाङ्क्षा अदूर बनुन
तिम्रा आट र साहश विशाल बनुन
आकाश जस्तै
स्थिर र शान्त रहनु
गहिरो निलो समुन्द्र जस्तै
अनि आकाश र समुन्द्रले नै दिओस्
नीलो रङ्गको शुभकामना ।
होलीको शुभकामना ।।

बिहानी पखको किरण जस्तै फैलियोस्
तिम्रो कान्ति दूर दूर सम्म
तिम्रो जिन्दगीमा उपलब्धिका
फलहरु लटरम्मै फलुन!
पहेलै पाकेको फलले पनि भनोस्
पहेलो रङ्गको शुभकामना ।
होलीको शुभकामना ।।

तिमी निश्छल कञ्चन बन्नु
तिमीलाई छुदा पनि सेतो रङ्ग डराओस्,
मान्छे यहाँ जे पनि गर्न तयार छ्न्
मर्न र मार्न पनि 
सजग रहनु- तिमी अपवाद बन्नु
एक उत्कृष्ट उदाहरण बन्नु ।
आकाशमा उड्ने परेवासँग मीत लगाउनु 
त्यही परेवाले पनि भनोस्
सेतो रङ्गको शुभकामना। 
होलीको शुभकामना।।

तिमी वीर बन्नु,
नेपाली भएकोमा गर्व गर्नु 
पुर्खाले त्यसै बगाएका हैनन्
स्वदेशमै स्वदेशकै उन्नतिमा लाग्नु
तिम्रो शरीरमा बग्ने रगतले पनि भनोस्
रातो रङ्गको शुभकामना ।
होलीको शुभकामना ।।

खै मैले के शुभकामना दिउ?
झुल्कने इन्द्रेणीले सबै रङ्ग बोकेर
तिम्रो सामु आएर
सबै रङ्ग अर्पण गर्दै
देओस सबै रङ्गको शुभकामना ।
होलीको शुभकामना ।।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |