'७० प्रतिशत हिंसाको कारक मदिरा' (भिडियोसहित)

२६ आश्विन २०७५
banner

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भईरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन्।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको पनि स्पष्ट पारे।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराए।

७० प्रतिशतभन्दा बढि महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहो-याए।

गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दावी समेत गरे। उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताए।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढने दृढता पनि व्यक्त गरे।

 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।