स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने सहमति नभएको गृहमन्त्रीको स्पष्टिकरण

२६ फाल्गुन २०७५
banner

फाइल फोटो

काठमाडौं। सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग स्वतन्त्र मधेश निर्माण गर्ने गरी जनमत संग्रह गर्ने सहमति नभएको बताएको छ।  
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापाले समय मागेर बोल्दै मधेसलाई नेपालबाट अलग गरी स्वतन्त्र मधेस निर्माण गर्ने कोणबाट कुनै सहमति नभएको बताएका हुन्।

‘जनअभिमत’ को अर्थ जनमत संग्रह नभएको भन्दै उनले स्वतन्त्र मधेस निर्माण गर्ने मागलाई सरकारले मानेको छ भन्ने सांसदहरुको विश्लेषण गलत भएको दाबी गरे।  जनमत संग्रहमा कुनै सहमति नभएको भन्दै उनले सिके राउतले जनमत संग्रह नै हो भने त्यो सहमति विपरित हुने  गृहमन्त्री थापाको भनाइ थियो।

सहमतिमा उल्लेख भएको शब्द जनअभिमतलाई जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजिएको भन्दै उनले शब्दको मर्म विपरित भ्रम श्रृजना गर्ने काम भएको दाबी गरे। सहमति गर्दा शब्दमा सरकार चिप्लिएको भन्ने गम्भीर आशंका गर्नु केबल भ्रम मात्रै भएको टिप्पणी उनले गरे। 
सरकार राष्ट्रिय अखण्डतालाई रक्षा गर्न कटिबद्ध रहेको उनले जनाए। 

स्वतन्त्र मधेस गठबन्धनले स्वतन्त्र राज्यको गठन गर्ने लक्ष्यलाई परित्याग गरी नेपालको राष्ट्रिय अखण्डताको रक्षा गर्नुलाई कर्तव्य बनाएको छ।  के सरकारले समस्यालाई राजनीतिक रुपले हल गर्नु संविधान विरोधी भयो? के यो राष्ट्रघाती भयो?

स्वतन्त्र मधेस गठबन्धनसँग भएको राजनीतिक सहमति ऐतिहासिक सहमति भएको र यसले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे।  मन्त्री थापाले सो समूहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस राज्यको गठन गर्ने आफ्नो लक्षलाई परित्याग गरेको र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता स्वाधीनता रक्षा गर्नका लागि आफ्नो कर्तव्य ठान्नेछौं भन्ने सहमतिमा पुगेको जनाए। 

राज्यले विखण्डनकारीको अगाडि आत्मसर्मपण गर्यो भन्दै सदनबाट नै सरकारका विरुद्ध आरोप आएको भन्दै उनले त्यसले आफूहरुलाई आश्चर्यचकित पारेको बताए। ‘कुन कोणबाट किन उठिरहेको छ? सरकार आश्चर्यचकित छ,’ उनले भने, ‘स्वतन्त्र मधेस गठबन्धनले स्वतन्त्र राज्यको गठन गर्ने लक्ष्यलाई परित्याग गरी नेपालको राष्ट्रिय अखण्डताको रक्षा गर्नुलाई कर्तव्य बनाएको छ। के यो संविधान विरोधी भयो? के सरकारले समस्यालाई राजनीतिक रुपले हल गर्नु संविधान विरोधी भयो? के यो राष्ट्रघाती भयो?’

स्वतन्त्र मधेस गठबन्धनले राज्यको अगाडि आत्मसर्मपरण गर्यो र सरकारको अगाडि घुँडा टेक्यो भन्ने आरोप लागेको भन्दै उनले सहमतिबाट सरकार र गठबन्धन दुवैको तर्फबाट कुनै आत्मसर्मपण नभएको र यसले राष्ट्रको भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गरेको निष्कर्षमा सरकार रहेको बताए। राष्ट्रको ठूलो चुनौतीलाई राज्यले सफलतापूर्वक समाधान गर्यो भनी राज्यलाई सहयोग र समर्थन गर्नुपर्नेमा अर्को ढंगले कुरा उठ्दा आफूहरुलाई आश्चर्य लागेको टिप्पणी उनले गरे। 

मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न नचाहेको भन्ने सत्य नभएको भन्दै उनले आवश्यक ठानेमा सरकारले सार्वजनिक गर्ने जानकारी गराए। 

सासद डिला संग्रौला पन्त, बालकृष्ण खाँड,पार्वता डिसी चौधरी, प्रेम सुवाल, जनार्दन शर्मा, राजेन्द्र कुमार केसी, पुष्पा भुसाल, रामबहादुर विष्टलगायतले, देवप्रसाद तिमिल्सिनालगायतले गृहमन्त्री थापालाई प्रतिप्रश्न गरेका थिए।

जनअभिमत भन्ने शब्द बारेमा सरकार र सहमति गरेको समूहको व्याख्या फरक भएको भन्दै दुवै तर्फको व्याख्या एकै हुनुपर्ने तर्फ सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। विदेशी दबाब र न्यायपालिका सरकारको दबाबमा पर्यो भन्नेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए।

सांसद जनार्दन शर्माले सम्झौता घोषणा गर्दै गर्दा सिके राउतले आफ्ना माग सरकारले सम्बोधन गरेको अभिव्यक्ति दिएकाले प्रश्न उठेको भन्दै राउतका के माग स्वीकार गरियो? भनी प्रश्न गरे।  सांसद अनिलकुमार झा र राजकिशोर यादवले सरकारले आवश्यकता ठाने मधेस आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सक्ने भन्ने अभिव्यक्ति दिन नमिल्ने भन्दै सरकार स्वेच्छारी ढंगले चल्न नसक्ने भन्दै प्रतिवेदन सार्वजनिक हुनै पर्ने दाबी गरे। 

बैठकको विशेष र शून्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले पनि सरकार र गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका थिए। 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |