आज शनिबार : हेर्नुहोस् कुन राशिको भाग्य कस्तो छ ? (भिडियो राशिफल)

२६ माघ २०७५
banner

आज २०७५ साल माघ २६ गते, इश्वी सन् २०१९ फेब्रुवरी ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। चतुर्थी तिथि शनिबार ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारमा खुशी र शान्ती छाउनेछ । नोकरी गर्नेहरुका लागि आजको दिन राम्रो रहनेछ । स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धि समस्या देखिनेछ । व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ । कानुनी कामबाट आज टाढा रहनु नै उचित हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रिय व्यक्तिहरुसंग समय बित्नेछ । व्यवसायमा धैर्यता आवश्यक हुनेछ । प्रेमी प्रेमिकाबीच मतभेद उत्पन्न हुनेछ । अशुभ समाचारका कारण मन चिन्तित हुनेछ । स्वास्थ्यमा गडबड हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपहार प्राप्त हुनेछ । नयाँ रोजगारीको बाटो खुल्नेछ । रोकिएको विवाद या मुद्दा मामिलाको तपाईंको पक्षमा सुनवाई हुनेछ । सामाजिक या पारिवारिक जीवनमा निर्दोष हुँदा हुँदै पनि विभिन्न आरोप लाग्न सक्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समाजमा प्रतिष्ठा मिल्नेछ । विवाहको चर्चा चल्नेछ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । बसाइसराइ सम्बन्धि प्रक्रियाको काम अल्झीइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वासमा कमी आउनेछ । भावनात्मक पक्षसंग सम्बन्धित निर्णय लिनको लागि आजको दिन उचित छैन । साझेदारीमा गरिएको काम राम्रोसंग अगाडी बढ्नेछ । आज सकारात्मक सोंचमा केन्द्रित हुनु जरुरि छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन अत्यन्तै शुभ रहेको छ । हरेकजसो कार्यमा सफलता मिल्नेछ । परिवारमा खुशी छाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ती छाउनेछ । सम्मान मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारसंग आफ्नो भावना र विचार प्रष्ट रुपमा राख्दै उनीहरुको सहयोग लिन सकिनेछ । यात्राको सम्भावना रहेको छ । बोली व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ व्यापार तथा सम्झौता गर्नको लागि आजको दिन राम्रो रहेको छ । आर्थिक लाभ मिल्नेछ । महत्वपूर्ण कार्यक्रममा सहभागी भइनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज गरिएको सम्झौताले भविष्यमा राम्रो प्रतिफल दिनेछ । परिवारमा शान्ती र खुशी छाउनेछ । आत्मा सन्तुष्टि बढ्नेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उच्च अध्ययनको लागि प्रयास गरेकाहरुले सफलता प्राप्त गर्नेछन् । व्यवसायमा आइरहेको समस्या समाधान हुनेछ । आर्थिक लाभ मिलेतापनि खर्च बढ्नेछ । शुभचिन्तकको सहयोग प्राप्त हुनेछ । रुघा खोकी तथा ज्वरोले सताउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारका कारण समस्या निम्तिन सक्नेछ । कामको सिलसिलामा गरिएको यात्राले सोंचे अनुसारको प्रतिफल दिनेछैन । नयाँ काम सुरु गर्नको लागि आजको दिन उचित रहनेछैन । सम्बन्धहरुमा समेत चिसोपन देखिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको सिलसिलामा यात्रा गर्नुपर्ने समय छ । प्रतिष्ठित व्यक्तिको सहयोगले काम पूर्ण हुनेछ । मान प्रतिष्ठा मिल्नेछ । परिवारका सदस्यसंग मतभेद हुनसक्ने समय छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l