ऋतिकको जन्मदिनमा बलिउड सेलिब्रेटी, नाकमा नली लगाएर पुगे क्यान्सरपीडित पिता (भिडियो)

२९ पौष २०७५
banner

बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षका भएका छन् । उनले १० जनवरीमा आफ्नो जन्मदिन मनाए । उनकी आमा पिंकीले इन्स्टाग्राममा उनको जन्मदिनको फोटोहरु शेयर गरेकी छिन् ।

फोटोमा ऋतिकसँगै आमा पिंकी, पिता राकेश रोशन, ऋतिकका छोरा ऋदान, भान्जी सुनारिका देखिएका छन् । भर्खरै क्यान्सरको उपचारका क्रममा सर्जरी गराएका पिता राकेश नाकमा नली लगाएका देखिएका छन् ।

राकेशलाई घाँटीको क्यान्सर भएको छ र ऋतिकको जन्मदिनको ठिक अघिल्लो दिन उनको अपरेशन गरिएको थियो । कार्यक्रममा ऋतिकका काका राजेश रोशन पनिन देखिएका थिए ।

ऋतिकले पत्नी सुजैनसँग सम्बनधविच्छेद गरेका हुन् यद्यपि अहिलेसम्म पनि यी दुई छोराछोरीसँग रमाइलो गरिरहेका देखिन्छन् । सुजैनले ऋतिकको जन्मदिनमा छोराहरुसँगको फोटोशेयर गर्दै शुभकामना दिएकी थिइन् ।

हेर्नुहोस् भिडियोमा पनि :

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |