ह्यारी भण्डारीको सहयोगार्थ सिनेटर क्रिस भ्यान सहभागी हुने कार्यक्रमको तयारी पूरा

२६ आश्विन २०७५

banner

मेरिल्याण्ड। अमेरिकी राजनीतिमा अत्यन्तै प्रभावशाली सिनेटर क्रिस भ्यान होलान शुक्रबार मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठवाट स्टेट डेलिगेटसमा उमेदवारी दिएका हयारी भण्डारीको फण्ड रेजिङ्ग कार्यक्रममा सहभागी हुने भएका छन्। उनी करिव डेढ घण्टासम्म  कार्यक्रममा सहभागी हुने बताइएकाे छ। 

कार्यक्रममा स्थानीय निर्वाचित पदाधिकारी तथा डेमोक्रयाट पार्टीका सदस्यसमेत सहभागी हुनेछन्। कार्यक्रममा वाल्टिमोर काउन्टीका सेरिफ जे. फिसर, वाल्टिमोर काउन्टीका चेयरम्यान जुलिन ई जोन्स , डिष्ट्रिक आठको तर्फवाट सिनेटर क्याथी क्लासम्यार ,स्टेट डेलिगेटस एरिक व्रम्होल, स्टेट डेलिगेटस जे जेलेसी, उमेदवार कार्ल ज्याक्सन लगायत आधा दर्जन भन्दा वढी अफिसियल व्यक्तित्व सहभागी हुनेछन्। 

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र शुक्रवार साँझ पौने छ वजे कार्यक्रम औपचारिक रुपमा शुरुवात हुने फ्रेण्डस अफ ह्यारीको सचिवालयले जनाएको छ। कार्यक्रमलाई सफल पार्न  ह्यारी भण्डारीले अमेरिकाको राजनीतिमा प्रभावशाली सिनेटर क्रिस भ्यान होलानको सहभागीताले आफूलाई उत्साहित बनाएको र तयारी पूरा भएको बताए। नेपाली समुदायको अगुवा, निर्वाचनमा खटिएका स्वयंसेवकसमेत सहभागी हुने उक्त कार्यक्रमले नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउन कोसेढुङ्गा सावित हुने भण्डारीको विश्वास रहेको छ। 

सन् २०१८ को लागि डेमोक्रयाट पार्टीको सिनेटोरियल क्याम्पेनको चेयर मेन समेत रहेका क्रिस भ्यान होलानको सहभागीतालाई पार्टीको आन्तरिक रुपमा समेत चासोका साथ हेरिएको छ। सिनेटमा वजेट कमिटीमा समेत रहेएका क्रिसको सहभागिताले महत्वपूर्ण अर्थ बाेकेको छ।

निर्वाचन आउन चार हप्ता मात्र बाँकी रहेको अवस्थामा १६ तारिख भित्र भोटर रजिष्ट्रेशन गर्न र अक्टोवर २५ तारिखवाट मेरिल्याण्ड राज्यमा हुने अर्लि भोटिङ्गमा सहभागी हुन र नोभेम्वर ६ तारिखमा हुने निर्वाचनमा सहभागीहुन फ्रेण्डस अफ ह्यारी भण्डारीले अपिल गरेको छ। 

अत्यन्त प्रतिस्पर्धा रहेको डिष्ट्रिक आठमा होलानको सहभागिता ले निर्वाचनमा महत्वपूर्ण आधार बनाउने विश्वास लिइएको छ।  उक्त कार्यक्रममा सहभागी हुन मेरिल्याण्डमा बसोबास गर्दै आएका नेपालीलाई  कार्यक्रममा सहभागी हुन फ्रेण्डस अफ हयारी अभियानले अपिल गरेको छ।

निर्वाचका लागि अहिलेसम्म तीनवटा मेल मतदाताको घरदैलोमा पुगिसकेको छ भने ह्यारी भण्डारी तथा स्वयंसेवकहरुले करिव १५ हजार घरमा डोर नकिङ्ग गर्न सफल भएका छन्। खर्चिलो निर्वाचन अभ्यासमा झण्डै ८० प्रतिशत खर्च मेलरमा हुनेछ। २५ दिन मात्र बाँकी रहेको सन्दर्भमा सहयोग गर्न अभियानले हार्दिक अपिल गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष