काठमाडौंमा 'इद उलफित्र' पर्वको रौनक (१३ तस्बिर)

२२ जेठ २०७६
banner

तस्बिर : आर्यन धिमाल/डिसी नेपाल डटकम

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले बुधबार हर्ष र उत्साहका साथ इद उद फित्र मनाईरहेका छन् । 

इल उल फित्रका अवसरमा बुधबार बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठुलो संख्यामा इस्लाम धर्मावलम्बीहरु पुगेर नमाज पाठमा सहभागी भएका छन् । 

मंगलबार सांझ चन्द्मा हेरपछि इस्लाम धर्मावलम्बीहरुले एक महिना लामो रमदान पर्व पुरा गरि इद उल फित्र मनाएका हुन् । आजको दिन ब्रतालुले एक महिना लामो कठिन ब्रत समापनको अवसरमा नमाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गरी दीन दुखीका लागि दान गर्ने गर्दछन् । 

इद उल फित्रको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मुस्लिम आयोगको सिफारिस पछि यसअघि मन्त्रीपरिषद् बैठकले विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मंगलबार सांझ गृहमन्त्रालयले विज्ञप्ती निकालेर बुधबार सार्वजनिक विदा गरिएको जानकारी गराएको हो ।

 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l