स्रोत, साधन र जनशक्तिको अभावमा नयाँ युनिट स्थापना गर्न सकिएन : महानिरीक्षक खनाल

२ बैशाख २०७६
banner

काठमाडौं। सशस्त्र प्रहरी बलले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराएका हुन्।

सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सशस्त्र प्रहरी बलको माग भइरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे बताए। 

सशस्त्र प्रहरी बलले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको बताए। उनले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गरे। 

सशस्त्र प्रहरी बलको सूचनामा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स सोमबारबाटै संचालनमा ल्याइएको छ। मातहतका कर्मचारी र सशष्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यका साथ सो एप्स संचालनमा ल्याइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए। महानिरीक्षक खनालले चालू आर्थिक वर्ष भित्र सो एप्स सशस्त्र प्रहरी बलको सबै युनिटमा संचालनमा ल्याउने प्रतिवद्धता व्यरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको बताए। उनले सशस्त्र प्रहरी बललाई थप मजदुत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने प्रतिवद्धता जनाए। 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |