कात्तिकमा सिद्धिथुम्का महोत्सव

२६ आश्विन २०७५

banner

मङ्गलबारे । इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ। 

‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ। 

खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन्। स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ। 

महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले जानकारी दिए। यसअघि यहाँ दुई पटक महोत्सव आयोजना गरिएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष