अस्ट्रेलिया भर्सेज भारतः चेतेश्वर पुजाराको शतक, टिमको प्रदर्शन भने कमजोर

२० मङ्सिर २०७५
banner

एडिलेड। अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत पहिलो इनिङमा कमजोर देखिएको छ । यद्यपि भारतका लागि चेतेश्वर पुजाराले शतक बनाएका छन् । टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो दिन ९ विकेट बनाउँदै २५० रन बनाएको छ । भारतको इनिङलाई चेतेश्वर पुजारा एक्लैले धानेका थिए । उनले १२५ रन बनाए । उनीबाहेक कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् । पुजारापछि सबैभन्दा धेरै स्कोर रोहित शर्माको रह्यो उनले ३७ रन बनाए । 

अस्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश ह्याजलउड, नथान ल्योन र प्याट कर्मिस सबैले समान २ विकेट लिए । पहिलो दिनको खेलको अन्तिम विकेटको रुपमा आउट भएका चेतेश्वर पुजारा भने रनआउट भएका थिए । पहिलो दिनको खेल सकिँदासम्म मोहम्मद शमी ६ रनका साथ क्रिजमा छन् र जसप्रित बुमराह ब्याटिङ गर्न आउन बाँकी छ । बुमराह भोलि बिहान ब्याटिङ गर्न आउनेछन् । 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।