भारतसँग रिसायो अमेरिका, दियो यस्तो धम्की

२६ आश्विन २०७५

banner

एजेन्सी । भारत र अमेरिकाबीच सम्बन्धमा चिसोपना बढ्ने संकेत देखिएको छ । भारतले रुससँग रक्षा सम्झौता गरेपछि अमेरिका चिढिएको छ । उसले भारतलाई यो सम्झौताले ‘राम्रो’ नगर्ने चेतावनीयुक्त टिप्पणी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । 

यही अक्टुबर ४ र ५ तारिखमा भारत भ्रमण गरेका रुसी राष्ट्रपतिले भारतसँग करिब ४० हजार करोड भारु बराबरको एस ४०० मिसाइल डिफेन्स सिस्टमसम्बन्धी सम्झौता गरेका थिए । 

शुरुमा यो विषयमा नरम प्रतिक्रिया दिएको अमेरिकाले दुई पटक कडा चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई दिन अगाडिमात्र रुससँग हतियार र इरानसँग तेल किनेर भारतले राम्रो गरेको भन्दै त्यसको परिणाम छिटै देखिने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘रुससँग भारतले एस ४०० डिल गरेर ठूलो गल्ति गरेको छ । यसको परिणाम छिटै देखिनेछ । तपाईलाई पनि थाहा हुनेछ ।’ 

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले प्रभाव पारेको भन्ने खुलासा भएपछि अमेरिका र रुसबीच सम्बन्ध बिग्रेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथि हतियार कारबोरबारे प्रतिबन्ध लगाएका थिए । अमेरिकाको यो प्रतिबन्धअनुसार रुसबाट कसैले पनि ठूलो परिणाममा हतियार किन्न पाउँदैन । तर, भारतले अमेरिकी प्रतिवन्धका बावजुद ४० हजार करोड रुपैयाँको सम्झौता गरेपछि अमृेरिका रिसाएको हो । 

यस्तै इरानसँगको परमाणु विवादका कारण अमेरिकाले इरानमाथि तेल निर्यातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धअनुसार उसले इरानबाट हुने तेल आयात शून्यमा पुर्याउन आफ्ना मित्र राष्ट्रहरुलाई आग्रह गरेको छ । तर, भारतले भने इरानसँगको तेल कारोबार परम्परागत भएको भन्दै सो प्रतिबन्धका बावजुद इरानबाट तेल खरिद गर्ने बताएको छ । 

अमेरिका र भारतबीच देखिएको यो विवादले भारतलाई संकट पर्नसक्ने विश्लेषकहरुले बताएका छन् । सायद अमेरिकाले भारतमाथि पनि प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष