भारतीय चुनाव : क्षेत्रीय दल बन्न सक्छन् ‘किंग मेकर’ 

३० बैशाख २०७६
banner

नयाँ दिल्ली (एजेन्सी) । भारतमा जारी १७ औं लोकसभा निर्वाचन अब अन्तिम चरणमा पुगिसकेको छ । विभिन्न सात चरण हुने मतदान मध्ये आइतबार छैठो चरणको मतदान भएको भएसँगै ५४३ मध्ये ४८३ सिटमा मतदान भइसकेको छ । अब अन्तिम चरणमा ६० सिटका लागि मे १९ मा मतदान हुनेछ । 

निर्वाचन सकिँदै गर्दा केन्द्रमा कसको सरकार बन्छ भन्ने विश्लेषण पनि शुरु भइसकेको छ । चुनाव िनतिजाको समय नजिकिँदै जाँदा प्रश्नहरु उब्जिएका छन् – कसको बहुमत आउला, वा कसैले बहुमत नपु¥याउला वा त्रिशंकु संसद बन्छकी । यस्तै प्रश्नहरुको सरेफेरोमा हाल भारतीय राजनीतिक गल्लीहरुमा चर्चा हुने गरेको छ । 

भारतीय जनता पार्टी (भाजपा)लाई २०१४ को आम निर्वाचनमा प्रचुर बहुमत मिलेको थियो र राष्ट्रि लोकतान्त्रिक गठबन्धन (एनडीए)ले सरकार बनाएको थियो । यसअघि यसप्रकारको बहुमत १९८४ मा काँग्रेसले प्राप्त गरेको थियो ।  करिब ३० वर्षपछि केन्द्रमा कुनै एक दलले बहुमत प्राप्त गरेको थियो । य ि३० वर्षमा धेरैजसो तेस्रो विकल्पको नै साहारा लिइयो । जहाँ क्षेत्रीय र साना दलहरुले सरकार बनाउन महत्वपूर्ण भूमिका खेले । 
यो पटक पनि कुनै एक दलले बहुमत ल्याउने सम्भावना मुश्किल देखिएको छ । यस्तो किन हुँदैछ भन्ने विषयको जवाफ गएका तीन दशका क्रममा पार्टीहरुको प्रदर्शनमा लुकेको छ । १९८९ देखि २०१४ सम्म केन्द्रमा गठबन्धन सरकारहर रहे । यो अवधीमा काँग्रेसको प्रभुत्व रह्यो जुन विस्तारै खस्किँदै पनि गयो । जबकी यी वर्षहरुमा भाजपा बलियो हुँदै गयो ।

यसका साथै अर्को ठूलो परिवर्तन पनि देखियो । राज्य स्तरमा क्षेत्रीय पार्टीहरुमा बलियो उभार आयो । जसले केन्द्रमा सरकार बनाउन महत्वपूर्ण भूमिका खेले । पछिल्ला तीन दशकमा क्षेत्रीय दलहरुको बल निकै बढेको छ । क्षेत्रीय र साना दलहरुको मत प्रतिशत र सिटको संख्या १९९६ पछि लगातार बढिरहेको छ । यहाँसम्मकी २०१४ मा भाजपालाइ बहुमत प्राप्त हुँदा पनि क्षेत्रीय पार्टीहरुलाई खासै नोक्सान भएन । 

रोचक कुरा के छ भने गएका चुनावहरुमा सबैभन्दा ठूला दुई पार्टी भाजपा र काँग्रेसको सिटमा उतारचढाव देखियो । भाजपलाई २००९ मा ११६ सिट प्राप्त भएका थिए जबकी २०१४ मा २८२ सिट प्राप्त भए । भाजपालाई १६६ सिटको बढत काँग्रेसको १६२ सिटको नोक्सानले भएको थियो । काँग्रेसले २००९ मा २०६ सिट जितेको थियो भने २०१४ मा जम्मा ४४ सिट जित्यो ।

यदि उत्तर प्रदेशलाई छोडिदिने हो भने थाकथित मोदी लहरले क्षेत्रीय दलहरुलाई केही फरक परेन । भारतका १३ राज्यहरुमा क्षेत्रीय दलहरु बलिया छन् । असम, आन्ध्र प्रदेश, झारखण्ड, कर्नाटक, महाराष्ट्र, ओडिशा, पञ्जाव, तमिलनाडु, तेलंगना, उत्तर प्रदेश र पश्चिम बंगालमा क्षेत्रीय दलहरु मजबुत छन् ।

गएका दुई लोकसभा चुनावपछि भएका विधानसभा चुनावको विश्लेषण गर्ने हो भने एआईएडीएमके, एआईटीसी, बीजेडी, आरजेडी, शिवसेना, टीडीपी र टीआरएस जसता क्षेत्रीय पार्टीको मत प्रतिशत बढिरहेको देखिन्छ । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो पटक चुनावमा कुनै एक दल वा व्यक्तिको लहर देखिँदैन । न भाजपाको लहर छ न विपक्षीको । यसैले यो पटक कस्तो जनादेश हुन्छ भन्ने स्पष्टरुपमा भन्न नसकिए पनि क्षेत्रीय दलहरु बलियो स्थितिमा हुने अनुमान गर्न सकिन्छ ।

यो पटक धेरै जसो क्षेत्रीय पार्टीहरुको प्रदर्शनमा धेरै फरक हु्ने पनि देखिँदैन । न उनीहरुको मत राष्ट्रिय पार्टीतर्फ जानेछ । रोचक कुरा के छ भने आन्ध्र र तमिलनाडु जस्ता केही राज्य यस्ता छन् जहाँ एक क्षेत्रीय दलको विकल्प अर्को क्षेत्रीय दल हुन्छ । यहाँ राष्ट्रिय दलतर्फ उनीहरुको मत जाँदैन । 

२०१४ को चुनावमा धेरैजसो राज्यमा बहुकोणीय प्रतिस्पर्धा भएको थियो । तर, यो पटक राज्य स्तरमा विभिन्न गठबन्धनका कारण धेरैजासे सिटमा सिधासिधा प्रतिस्पर्धा देखिएको छ र क्षेत्रीय दल बलियो देखिएका छन् । यदि उनीहरुको समिकरणले काम गर्यो भने यो चुनावमा उनीहरुको प्रदर्शन राम्रो हुनेछ । त्यसैले जुन पार्टीले धेरै सिट जित्नेछ उसैले केन्द्रमा सरकार बनाउनका लागि क्षेत्रीय दलहरुमाथि निर्भर हुनुपर्नेछ र गठबन्धन सरकार बन्नेछ । 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3