विश्वकपका लागि भारतीय टिमको घोषणा, यी हुन् छानिएका १५ खेलाडी

२ बैशाख २०७६
banner

काठमाडौं। विश्वकप क्रिकेट २०१९ को लागि भारतीय टिमको घोषणा भएको छ । मुम्बइमा आज १५ सदस्यीय टिमको घोषणा भएको हो । घोषणा भएको टिममा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले स्थान बनाउन सकेनन् । उनको सट्टामा दिनेश कार्तिकलाई मौका दिइएको छ । चयन समितिका अध्यक्ष एमएसके प्रसादले ठूला खेलमा विकेटकिपिङको अनुभव भएका कारण दिनेश कार्तिकलाई रोजिएको बताए । 

बीसीसीआइले ट्वीटरमार्फत छानिएका खेलाडीको नाम सार्वजनिक गरेको छ । टिममा विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), शिखर धवन, केएल राहुल, विजय शंकर, एमस धोनी (विकेटकीपर), केदार जाधव, दिनेश कार्तिक, युजवेंद्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, हार्दिक पंड्या, मोहम्दद। शमी, रवींद्र जडेजा छन् ।
 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l