नेपालको एक निर्णयले भारतीय मिडियामा रुवाबासी, हेर्नुहोस् ठूला ९ मिडियाका समाचार

२६ भाद्र २०७५
banner

काठमाडौं। नेपालको एउटा निर्णयले भारतीय मिडियामा रुवाबासी चलेको छ । भारतका ठूला मिडियाले यसलाई भारतको लागि ठूलो चिन्ताको विषय भएको टिप्पणी गरेका छन् । समाचारमा नेपालको यो निर्णयले नेपालमाथि भारतको पकड कमजोर बन्दै गएको र चीनको प्रभाव बढिरहेको भन्दै यो भारतको लागि चिन्ताजनक भएको उल्लेख छ । 

नेपालले भारतमा हुने बिमस्टेकको संयुक्त युद्धअभ्यासमा सहभागी हुन अस्वीकार गरेको थियो । बिमस्टेक देशहरुको संयुक्त युद्धाभ्यास हिजोदेखि सुरु भएको छ । भारतका मिडियाहरु हिन्दुस्तान टाइम्स, टाइम्स अफ इण्डिया, दैनिक भाष्कर, दैनिक जागरण, अमर उजाला, नवभारत टाइम्स, आज तक, वन इंडिया, नवभारत टाइम्स, टाइम्स नाव लगायतका अधिकांश मिडियाले यसलाई भारतको असफलताको रुपमा चित्रण गरेका छन् । 

नेपालले भने भारतमा हुने युद्धाभ्यास छोडेर चीनसँग संयुक्त युद्धाभ्यास गर्ने निर्णय गरेको छ । सगरमाथा फ्रेण्डशिप–२ को यो युद्धअभ्यास १७ देखि २८ सेप्टेम्बरसम्म चीनको चेंगदुमा हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार यो युद्धअभ्यासको उद्देश्य आतंकवादको रोकथामलाई बलियो बनाउनु हुनेछ । भारतमा हुने संयुक्त युद्धअभ्यासका विषयमा विरोध भएपछि नेपालले यो युद्ध अभ्यासमा सहभागी नहुने निर्णय गरेको थियो । 

भारतीय मिडियाले नेपालले हतारमा यो निर्णय गरेको भन्दै यसले नेपाललाई नै नोक्सानी हुने भनेका छन् । दैनिक भाष्करले आफ्ना पूर्व विदेश सचिव कंवल सिब्बलको हवाला दिँदै नेपाललाई धम्कीपूर्ण भाषामा लेखेको छ ‘नेपाललाई यो गल्तीको महसुस तब हुनेछ जब भविष्यमा ऊ संकटमा हुनेछ ।’ उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीननिकट भन्दै यसले सार्क शिखर सम्मेलनसमेत पव्रभावित हुनसक्ने भनेको छ । हेर्नुहोस् अन्य भारतीय मिडियाले के के लेखे – 

 

ताजा भिडियो

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |