चुनाव नजिकिएसँगै समीकरण परिवर्तन हुँदै, मोदीको अवस्था के होला?

१५ कार्तिक २०७५

banner

एजेन्सी । भारतमा आगामी वर्षको मध्य तिर आम निर्वाचन हुँदैछ । सम्भवत अबका ७ महिनापछि भारतमा आम निर्वाचन हुनेछ ।

र्वाचनका लागि केही महिना बाँकी रहे पनि चुनावी तयारी भने यो वर्षको शुरुमै भइसकेको छ । आगामी निर्वाचनका मुद्दा कस्ता हुनेछन् भन्ने पनि लगभग सीनमा आइसकेका छन् । 

यहीबीचमा भारतमा राजनीतिक समीकरण पनि परिवर्तन भइरहेका छन् । सत्तारुढ गठबन्धन भारतीय जनता पार्टीको नेतृत्वमा छ भने विपक्षीहरुको गठबन्धन काँग्रेस आईको नेतृत्वमा बनाउने तयारी भइरहेको छ । 

विजेपी नेतृत्वको एनडीए गठबन्धनबाट हालै अलग्गिएका आन्ध्रप्रदेशका मुख्यमन्त्री तथा तेलुगु देशम पार्टीका चिफ एन चन्द्रबाबू नायडूले बिहीबार काँग्रेसका आईका अध्यक्ष राहुल गान्धीलाई भेटेर दोसल्ला ओढाएका छन् ।

यो दोसल्ला राजीतिले भारतीय राजनीतिमा तरंग ल्याइदिएको छ । सबैले चन्द्रबाबू नायडू काँग्रेससँग नजोडिने अनुमान गरिरहेका बेला राहुललाई उनले दोसल्ला ओढाएपछि आगमी निर्वाचनमा काँग्रेस आईको नेतृत्वमा बन्ने गठबन्धनमा चन्द्रबाबू नायडू एक मुख्य खेलाडीका रुपमा रहने आँकलन गरिएको छ । 

उनले राहुललाईमात्र भेटेका होइनन्, उनले काँग्रेसकै वरिष्ठ नेता गुलाम नवी आजादलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै छोटो तर महत्वपूर्ण भेट पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले सो भेटमा सबै विपक्षी दल मिलेर आगामी चुनावमा जाने विषयमा छलफल गरेको बताइएको छ । 

एक हप्तामा दुई पटक दिल्ली भ्रमण गरेका नायडू काँग्रेस नेतृत्वको गठबन्धनमा आउने भएपछि अन्य विपक्षीहरु पनि सो गठबन्धनमा आउने विश्वास गरिएको छ । 

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र राहुलबीचको ट्यूनिंग त यसअघि नै मिलिसकेको छ । उता बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादव र राहुलबीच पनि थुप्रै पटक विपक्षीको गठबन्धन बनाउने विषयमा छलफल भइसकेको छ । 

तमिलनाडूमा पनि काँग्रेस र विपक्षी मिलेर चुनाव लडेका थिए । सो गठबन्धन आगामी आम निर्वाचनसम्म जाने बताइन्छ । 

पश्चिम बंगालकी नेतृ ममता बेनर्जी र उत्तर प्रदेशकी मायावती पनि यो गठबन्धनमा आए विपक्षीले बनाउने भनेको ‘महागठबन्धन’ मजबुत बन्ने भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।

यदी महागठबन्धनमा ममता, मायावती, अखिलेश, चन्द्रबाबु नायडू, तेजस्वीलगायतका नेता तथा उनीहरुका पार्टी एकजुट हुने हो भने आगामी निर्वाचन वर्तमान सत्तारुढ गठबन्धन एनडीएका लागि फलामको च्यूरा हुने अनुमान गरिएको छ । 

भारतीय काँग्रेसका अध्यक्ष राहुलले चन्द्रबाबू नायडूसँगको भेटपछि भने, ‘बिजेपी सबै संस्थालाई खतम गर्न लागेको छ, हामी त्यसलाई बचाउन चाहन्छौं ।’ उनले अगाडी थपे, ‘हामी पुराना कुरा भुलेर नयाँ कुराका लागि एकजुट हुने छौं ।’

 राफेल विवादबारे फेरि राहुलले सरकामाथि कडा टिप्पणी गरे । उले राफेल डिलमा भ्रष्टाचार भएको भन्दै सिबिआई जाँचभन्दा पहिला त्यसको नेतृत्व परिवर्तन गरिएको भन्दै सरकारमाथि भ्रष्टाचारको आरोप लगाए । 

उनले भने, ‘हामी सबै मिलेर बिजेपीलाई हराउने छौं, बिजेपी देशका संयन्त्रमाथि आक्रमण गरिरहेको छ सही समयमा त्यसको जवाफ दिनेछौ । देशमा वेरोजगारी बढेको छ, भ्रष्टाचार बढेको छ, अनिल अम्बानी, राफेल र किसानको मुद्दामा हामी चुनाव लड्छौं ।’ 

राहुलसँगै चन्द्रबाबू नायडूले बिजेपीलाई हराउन काँग्रेससँग हात मिलाएको बताए ।

नायडूले राहुलभन्दा पहिला नेशनल कन्फ्रेन्सका प्रमुख फारुक अब्दुल्ला र भाजपाका पूर्व नेता यशवन्त सिन्हासँग पनि भेट गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »