८ तस्वीरमा हेर्नुहोस् इन्डोनेसियामा भूकम्प र सुनामीपछि आकासबाट देखिएको विध्वंस

१७ आश्विन २०७५

banner

जाकार्ता । इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ। अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ ।

उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको यहाँको विपद् व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ । भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले बताएका छन् ।

उनले सञ्चारकर्मीलाई पछिल्लो अपडेट गराउँदै भने, “विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका छन् ।” “मङ्गलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको छ ।

यससँगै उक्त होटेलमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।” अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको सोटुपोले भने ।

उनका अनुसार उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब छ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार क्रमशः ६ दशमलव ०, ७ दशमलव ४ र ६ दशमलव १ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालुमा नराम्रो प्रभाव परेको छ।

तस्वीर : बीबीसीबाट  

Leave a reply

HTML Tags are not supported

Post My Comment »