अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रीय समितिको पुनर्गठन, अध्यक्षमा खनाल

१ जेठ २०७६
banner

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष राम प्रसाद खनाल

वासिङ्टन डिसी, अमेरिका । विश्वभर रहेका नेपाली कलाकारहरुको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ। 

कलाका सबैखाले बिधाहरुमा कार्यरत कलाकार र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई समेट्दै सबैको परामर्श, सरसल्लाहपछि सर्वसम्मत ढङ्गबाट केन्द्रीय समिति पुनर्गठन गरिएको हो।

अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरी यसको संस्थागत विकासमा सुरुवात देखिनै लागेका संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गायक रामप्रसाद खनाल संस्थाको अध्यक्षमा चयन भएका छन्।

त्यस्तै गरी कलाकार शिवहरी पौडेल, नायक गणेश उप्रेती, नायिकाहरू क्रमशः जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तैगरी सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवम साहित्यकार प्रकाश नेपाल सचिवमा चयन भएका छन् भने कोषाध्यक्ष एवम संस्कृति विशेषज्ञमा साहित्यकार भूपनारायण घर्तीमगर चयन भएका छन्।

केन्द्रीय समितिको पुनर्गठनसँगै अध्यक्ष खनालको उपस्थितिमा दुई महिना भित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको महासचिव सुरेश दर्पण पोखरेलले बताए।

एक वर्ष भित्र अमेरिका स्तरीय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आवश्यक संशोधन सहित पूर्णता दिने, दुई वर्ष भित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने योजना पनि मञ्चले अघि सारेको पोखरेलले बताए।

अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रीय समितिका सदस्यहरु

 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l