आइपिएलः आधा खेल सकिँदासम्म विदेशी खेलाडीको दबदबा, वेष्ट इण्डिज सबैभन्दा प्रभावशाली

२ बैशाख २०७६
banner

काठमाडौं। संसारकै ठूलो टि–२० लिग आइपिएलको १२ औं सिजनका आधा खेल सकिएका छन् । प्लेअफ र लिग गरी कूल ६० खेल हुने लिगका ३० खेल सकिएका छन् । अहिलेसम्म भएका खेलमा विदेशी खेलाडीको दबदबा देखिएको छ । त्यसमा पनि सबैभन्दा प्रभावशाली वेष्ट इण्डिजका खेलाडी देखिएका छन् । अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी सनराइजर्स हैदराबादबाट खेलिरहेका अस्ट्रेलियाका डेभिड वार्नर र सबैभन्दा धेरै विकेट लिने बलर दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका बलर केगिसो रबाडा हुन् । वार्नरले ४०० रन बनाएका छन् भने रबाडाले १७ विकेट लिएका छन् ।

प्रतियोगितामा अहिलेसम्म ३६३ छक्का प्रहार भएका छन् । यी छक्कामध्ये २२ प्रतिशत अर्थात ८१ छक्का वेष्ट इण्डिजका खेलाडीले हानेका छन् । सबैभन्दा धेरै छक्का हान्ने ५ खेलाडीमध्ये ३ खेलाडी वेष्ट इण्डिजकै छन् । यस वर्ष वेष्ट इण्डिजका ७ जना खेलाडी आइपिएल खेलेका छन् र ती सबै खेलाडीले छक्का हानेका छन् । सबैभन्दा धेरै छक्का हान्ने शीर्ष ३ खेलाडी आन्द्रे रसेल (३० छक्का), क्रिस गेल (२३ छक्का) र किरन पोलार्ड (१७ छक्का) बाहेक वेष्ट इण्डिजका सुनिल नरेन (६ छक्का), जोफ्रा आर्चर (२ छक्का), ड्वेन ब्राभो (२ छक्का) र किमो पल (१ छक्का) गरी सबैले छक्का हानेका छन् ।

यस वर्षको आइपिएलमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडी 

१. डेभिड वार्नर – ४०० रन, सनराइजर्स हैदराबाद (अस्ट्रेलिया)

२. लोकेश राहुल – ३३५ रन, किंग्स ११ पंजाब (भारत)

३. क्रिस गेल – ३२२ रन, किंग्स ११ पंजाब (वेष्ट इण्डिज)

४. आन्द्रे रसेल – ३१२ रन, कोलकाता नाइटराइडर्स (वेष्ट इण्डिज)

५. जोनी बेरिस्टो – ३०४ रन, सनराइजर्स हैदराबाद (इङल्याण्ड)

यस वर्षको आइपिएलमा सबैभन्दा धेरै विकेट लिने ५ खेलाडी 

१. केगिसो रबाडा – १७ विकेट, दिल्ली क्यापिटल्स (दक्षिण अफ्रिका)

२. इमरान ताहिर – १३ विकेट, चेन्नइ सुपर किंग्स (दक्षिण अफ्रिका)

३. युजवेन्द्र चहल – ११ विकेट, रोयल च्यालेन्जर्स बैंगलोर (भारत)

४. क्रिस मोरिस – ११ विकेट, दिल्ली क्यापिटल्स (दक्षिण अफ्रिका)

५. दिपक चहर – १० विकेट, चेन्नइ सुपर किंग्स (भारत)

यस वर्षको आइपिएलमा सबैभन्दा धेरै छक्का हान्ने ५ खेलाडी 

१. आन्द्रे रसेल – ३० छक्का, कोलकाता नाइटराइडर्स (वेष्ट इण्डिज)

२. क्रिस गेल – २३ छक्का, किंग्स ११ पंजाब (वेष्ट इण्डिज)

३. किरन पोलार्ड – १७ छक्का, मुम्बइ इण्डियन्स (वेष्ट इण्डिज)

४. एबी डिभिलियर्स – १३ छक्का, रोयल च्यालेन्जर्स बैंगलोर (दक्षिण अफ्रिका)

५. नितिश राणा – १३ छक्का, कोलकाता नाइटराइडर्स (भारत)

यस वर्षको आइपिएलमा सबैभन्दा धेरै चौका हान्ने ५ खेलाडी 

१. जोनी बेरिस्टो – ३८ चौका, सनराइजर्स हैदराबाद (इङल्याण्ड)

२. जोस बटलर – ३७ चौका, राजस्थान रोयल्स (इङयाण्ड)

३. डेभिड वार्नर – ३४ चौका, सनराइजर्स हैदराबाद (अस्ट्रेलिया)

४. शिखर धवन – ३० चौका, दिल्ली क्यापिटल्स (भारत)

५. क्रिस गेल – २८ चौका, किंग्स १ पंजाब (वेष्ट इण्डिज)

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |