पुनः बीमा कम्पनीको आइपिओ जारी हुँदै

२० कार्तिक २०७५
banner

ललितपुर । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ। आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ। 

नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा रासससँगको सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई-तीन महीनाभित्रमा आइपिओ जारी हुने बताए। रु सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उनले भारत सरकारका स्थापित चार वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि हो भनेका छन्।

प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रु एक अर्ब ५० करोड कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए। उनले अन्तर्राष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोवार भइरहेको बताए। यसैबीच कम्पनीको पाँचौँ वार्षिकोत्सवको आज ललितपुरमा उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले आर्जन भएको मुनाफा देशको भौतिक पूर्वाधार निर्माण एवम् जलविद्युत् उत्पादनमा उपयोग हुनुपर्नेमा जोड दिए।

उनले भने, “पूँजी बजारको अभिन्न अङ्ग पुनः बीमा क्षेत्रले कमाएको नाफा शहरी पूर्वाधार तथा जलस्रोतमा लगानी गर्नुपर्छ।” किसानलाई बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले लघुबीमा प्रवद्र्धन अपरिहार्य भएको बताए। विदेशी मुद्रा सञ्चितिमा पुनः बीमाबाट केही योगदान भएको बताउँदै उनले पुनः बीमाको क्षेत्रलाई अझ सघन तुल्याउन उत्तिकै आवश्यक भएको पनि उल्लेख गरे।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गाउँ-गाउँमा बीमा सेवा प्रवाह हुनुपर्छ भन्दै जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिए। रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l