इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

२० मङ्सिर २०७५

banner

तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ। 

इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो। स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन्। 

बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो। यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष