पृथ्वीनारायण शाहप्रति सिंगो मुलुकले सम्मान गर्नुपर्छ : रक्षामन्त्री पोखरेल

२७ पौष २०७५
banner

फाइल फोटो

काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा निरंकुश राजतन्त्रको चर्चा गरेको रुपमा बुझ्न नहुने बताए।

शुक्रबार बिहान ‘२ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर काठमाडौंमा आयोजित ¥यालीसहितको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जाति, भाषा र संस्कृतिलाई एउटै छातामुनि गोलबन्द गरेर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहलाई देशप्रति माया राख्ने हरेक नेपालीले सम्मान गर्ने उल्लेख गरे। 

उपप्रधानमन्त्री पोखरेलले नेपालको एकीकरण गरेर स्वाधीन र स्वतन्त्र राष्ट्रको रुपमा नेपाली नागरिक बन्ने अवसर पृथ्वीनारायण शाहले प्रदान गरेको उल्लेख गर्दै उनको सो योगदानबारे भावी पुस्तालाई पनि जानकारी गराउने उद्देश्यका राष्ट्रिय एकता दिवसलाई देशभर मनाइएको बताए। 

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आह्वानमा कमलादीस्थित प्रज्ञा भवनबाट निस्किएको र्याली कमलादी, घण्टाघर, भद्रकालीहुँदै सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकसम्म पुगेको थियो।

र्यालीमा आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई नेपाली सेनाको बग्गीमा राखेर परिक्रमा पनि गराईएको थियो भने विभिन्न जातीय तथा सांस्कृतिक झलक दिने पहिरन पनि प्रदर्शन गरिएको थियो। 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l