मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पोखरेलको आग्रह

३० फाल्गुन २०७५
banner

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले कृषि, उद्योग, पर्यटन, उर्जा र पूर्वाधारको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक नीति बनाउनुपर्नेमा पनि जोड दिए। मुलुकको समृद्धिको आधारको पहिचान गर्ने काम सरकारले गरिसकेको उल्लेख गर्दै सोही अनुसारको नीति बनाएर सम्बन्धित सबै पक्ष अघि बढनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

बिहीबार ‘विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति, २०७५’ को मस्यौदामाथि सुझाव दिन ललितपुरमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले वैज्ञानिकहरूले पनि मुलुकको राष्ट्रिय आवश्यकतालाई हेरेर सोही अनुसार अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताए।

उपप्रधानमन्त्री पोखरेलले समृद्ध नेपालः सुखी नेपालीको नारामाथि केन्द्रित भएर मुलुकमा प्रविधि भित्र्याउने गरी आवश्यक नीति बनाउन पनि सम्बन्धित निकायलाई सचेत गराए।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |