इटालीमा लगातार बान्तापछि अस्पताल भर्ना भएका नेपालीको निधन

१ जेठ २०७६
banner

स्पेन । रोजगारीका लागि इटाली गएका एक नेपाली युवकको निधन भएको छ। स्याङ्जा स्थायी घर भइ डेढ बर्षदेखि दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय शोभितबहादुर विश्वकर्माको क्यान्सर रोगको उपचारका क्रममा गत शुक्रबार निधन भएको हो।

लगातार बान्ता भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा क्यान्सर रोग देखिएको थियो । हाल मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।

स्वर्गिय विश्वकर्माको परिवारले शदगत नेपालमै गर्ने इच्छा देखाएपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |