जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गर्नुपर्ने

२८ पौष २०७५
banner

काठमाडौँ । सरकारले कृषियोग्य जमीनको संरक्षणका लागि प्रत्येक स्थानीय तहमा जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । 

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले कृषि, वन, नापी, जग्गा प्रशासन र शहरी विकाससम्बन्धी प्राविधिक रहने गरी उक्त समितिको प्रबन्ध गरेको छ । सो समितिबाट खेतीयोग्य जग्गा भए÷नभएको र जग्गा विकास गर्न उपयुक्त भए÷नभएको सिफारिशका आधारमा कित्ताकाट गरिने छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले समितिले जमीनको प्रकृति हेरेर गर्ने निर्णय तथा सिफारिशका आधारमा गरिने व्यवस्थित कित्ताकाटले कृषियोग्य जमीनको खण्डीकरण हुनबाट संरक्षण गर्न सकिने बताए। 

सचिव गोपीनाथ मैनालीले स्थानीय तहमा गठन हुने उक्त समितिले गर्ने निर्णय तथा सिफारिशका आधारमा भएका प्रत्येक कित्ताकाटलाई मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले नियमित अनुगमन गर्ने जानकारी दिए । उनले भूमिसम्बन्धी आठौँ संशोधन गर्न लागिएको जानकारी दिँदै अनौपचारिक भू–सम्बन्धको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे ।
 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll