जनावरमा चिप्स जडानः कुकुरको सकियो, अब गाईको पालो

२ बैशाख २०७६
banner

काठमाडौं । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । 

गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्ष्भित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए । 

उनले भने– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छौँ। तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ।’

नेपाल समाचारपत्र

ताजा भिडियो

मुग्लिनको आर्क ब्रिजमा अब गाडि सरर...। Arch Bridge Muglin l

हामी भनेर मात्र हाेईन गरेर पनि देखाउछाै : प्रधानमन्त्री ओली | PM Kp Sharma Oli |

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l