जापानको दक्षिणी आमामी–ओशिमा द्वीपमा भूकम्प

१ जेठ २०७६
banner

टोकियो । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ। 

यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन। स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ। 

यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। 

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन। जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ। 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |