जापानमा नेपाली विद्यार्थी र उनीहरूका समस्या

९ जेठ २०७६
banner

मोहनप्रसाद खतिवडा

जापान । सूर्योदयको देश जापान पछिल्लो समय अध्ययनको लागि जापान पढ्न आँउने विद्यार्थीहरूको रुचिको देश बन्न गएको छ । नेपाली विद्यार्थीहरूको सन्दर्भमा कुरा गर्ने हो भने सन् १९०२ मा पहिलो पटक आठ जना विद्यार्थीहरूबाट शुरु गरेको जापान अध्ययनको सुरुवात वृद्धि हुँदै हालसम्म आइपुग्दा यो संख्या बढेर पच्चीस हजार नाघिसकेको बिभिन्न अध्ययनले देखाएको पाइन्छ , भने लगभग ७० हजार नेपालीहरू जापान रहँदै आईरहेका छन् । 

२०१७ को तथ्याङ्कलाई फर्केर हेर्ने हो भने बस्नको लागि संसारका सर्वोत्कृष्ट देशहरू मध्ये जापान चौथो नम्बरमा परेको छ ।यी सबै कुराहरूलाई हेर्ने हो भने सुरक्षा संयमता नै जापानको एक उत्कृष्ट पक्ष रहेको पाइन्छ । यसरी एउटा सभ्य र भव्य देशमा त्यस देशको कानुन अनुरूप बस्ने हो भने हामी नेपालीहरूका लागि चैं सही गन्तव्यको देश बन्ने गरेको छ ।

अध्ययनको लागि आँउने नेपाली विद्यार्थीहरूको लागि जापान अति नै सुरक्षित मुलुकको रुपमा लिन सकिन्छ । जब एउटा नेपाली विद्यार्थी  भिसामा जापान प्रवेश गर्दछ, तब उसले बिस्तारै थाहा पाँउछ कि अध्ययनको महत्व ,समयको महत्व हरेक व्यक्ति बिच सम्मान कामको उच्च सम्मान र मूल्याङ्कन यि र यस्तै कुरामा जब एउटा नेपाली विद्यार्थी पूर्ण रुपमा पोख्त हुन्छ तब मात्र उसले जापानको जिन्दगीलाई पूर्ण रुपमा मनोरञ्जन लिँदै जीवन सहज तवरले जीउन सक्छ ।

विद्यार्थी भिसामा जापान आँउने नेपालीहरूका शुरुका दिनहरू त नेपालको लाइफ स्टाईललाई तुलना गर्ने हो भने त अति नै कहाली लाग्दो हुन्छ । अर्काको देश अध्ययनको बोझ, महिनै पिच्छे हुने टेस्ट परीक्षाहरू अनि कामको बोझ त छँदैछ भने अर्कातिर नेपालबाट आँउदा बैङ्कबाट लिएको लोनको ब्याज बढिरहेको हुन्छ । यता विद्यार्थीको लागि हप्तामा २८ घण्टा भन्दा बढि काम गर्न नपाउने कानूनी  अवरोध आदि झन्झटहरूले गर्दा कति नेपाली विद्यार्थीहरू डिप्रेसनका शिकार भै आत्महत्या पनि बढेको पाइन्छ ।

यि सबै संघर्षहरुलाई सहर्ष स्विकार्दै जो अध्ययनसँगै अघि बढ्न सक्छ उसले नै सफलताको कथा बुनेका प्रशस्तै उदाहरणहरू पाईन्छन् ।

बढ्दो आधुनिकीकरण सँगसँगै जापानीहरू विवाह नगर्ने, पारिवारिक जिम्मेवारी बोझिलो मान्ने एकान्तप्रेमी हुने र अर्काको कुनै मतलब नगर्ने स्वभावका यिनीहरु कामप्रति जिम्मेबारी र लगनशील भएर लाग्ने गर्दछन् सायद यहि मेहनति भएर नै होला आज जापानको बिकाश यो शिखरमा चुमेको पाईन्छ। 

अपराधमा अत्यन्त्य न्यून रहेको जापानमा बिस्तारै जब बिभिन्न माध्यमबाट बिभिन्न देशका मानिसहरु बिद्याथी भिसामा जापान प्रवेश गर्छन् तब यहाँको सुरक्षा संबेदनशीलतालाई नबुझ्दा र बुझ्न नसक्दा धेरै युवाहरु जापानको जेल समेत पर्ने गरेका छन् । हुन त देश अनुसार कानुनी जटिलताहरु पनि फरक पर्न जान्छन् नेपालमा सामान्य मानिने कतिपय कुराहरु जापानमा अपराधको रुपमा लिईन्छ यहि कुराहरूलाई बुझ्न नसक्दा पनि जानेर या नजानिकनै पनि हिजोआज नेपालीहरू फस्ने गरेका उदाहरणहरू बढ्ने गरेका छन् ।

जापानमा सामान्यतया हेर्दा सानो लाग्ने कुराहरूलाई पनि भोली  अपराध नघटोस् भनेर सावधानी पूर्वक लिने गरिन्छ र अपराधको रुपमा लिईन्छ । त्यसैले जापान आँउने हरेक बिद्यार्थीलाई जानकारी होस् र भोली अपराधमा फस्नु नपरोस् भनेर केहि जानकारी दिने कोशिष मात्रै गरेको हो । 

नेपालीहरुमा जुनसुकै कुराहरु साथीसाथीमा भैहाल्छ मिलिहाल्छ र चलिहाल्छ यि तिनवटै कुराहरु जापानमा अपराधको रुपमा लिंईन्छ र यिनै कुराहरुमा सावधानी नपुर्याउँदा आज धेरै नेपालीहरू पछुताईरहेको पाईन्छन् ।

आफ्नो परिबार बाहेक अरुको क्रेडिट कार्ड प्योग गर्नु, साथीको साईकल गाडी प्रयोग गर्नु, आफु काम गर्ने कम्पनि या पसलको फोटो सामाजिक संजालहरुमा अपलोड गर्नु जताभावी फोहोर फाल्नु जाँड रक्सी खाएर हो हल्ला गर्दै हिड्नु आदि जस्ता बिभिन्न अपराधहरु हाल वृद्धि हुँदै आईरहेको कुरा जापानका विभिन्न मिडियाहरुमा आईरहनुले पनि नेपालीहरुको छवि आँउदा दिनहरुमा नसुधारिए भोलीका दिनमा नेपाली बिद्यार्थीहरुलाई जापानमा ठुलो समस्या रहने निश्चित गर्न सकिन्छ ।

जापानमा नेपालीहरुको सम्पूर्ण यथार्थलाई आँउदा अंकहरुमा पनि समेट्दै जाने कोशिष गर्नेछु नेपाल र नेपालीहरुलाई अपराधबाट कसरी टाढा राख्न सकिन्छ भन्ने ध्येयले जापानको बारेमा सम्पुर्ण अंक राख्दै जानेछु यसले बिशेष विद्यार्थी भिसामा जापान आँउन चाहने, नेपालबाट बिभिन्न प्रलोभनपारि मोटो रकम लिई जापान पठाउने र जापान आए पछि हुने बिचल्लीको बारेमा पनि क्रमश लेख्दै जानकारी गराउँदै जानेछु।

(लेखक खतिवडा विगत पाँच वर्ष देखि जापानमा कार्यरत छन् )

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli