वर्षेनी घट्दै जापानको जनसङ्ख्या 

२६ अषाढ २०७६
banner

ज्याक खड्का 

टोकियो । जापानको जनसङ्ख्या वर्षेनी घट्दै गएको तथ्याङकले देखाएको छ ।

जापानको आन्तरिक मन्त्रालयका अनुसार यस वर्षको जनवरी १ तारिख सम्ममा जापानको कुल जनसङ्ख्या १२ करोड ४७ लाख बढी रहेको पाइएको छ ।

वल्र्डओमिटरडटकम नामको वेवसाइटमा प्रकाशित जापानको प्रत्यक्ष जनसङ्ख्या थपघट तथ्याङ्क हेर्ने हो भने जुलाई १० तारिख २०१९ बेलुका सम्ममा १२ करोड ६८ लाख बढी रहेको देखिन्छ ।

जापानको आन्तरिक मन्त्रालयले सार्वजनिक गरेको जनवरी १ तारिख २०१९ को तथ्याङ्क अनुसार जापानको जनसङ्ख्या अघिल्लो वर्षको तुलनामा ४ लाख ३३ हजारले घटेको छ ।

जापानको जनसङ्ख्या यतिधेरै घटेको अहिलेसम्मकै बढी हो ।

सन् १९६८ सालदेखि राख्न थालिएको जनसङ्ख्याको तथ्याङ्क हेर्दा गत वर्ष सबैभन्दा बढी जनसङ्ख्या घटेको पाइएको छ । १० वर्षदेखि घट्दो क्रममा रहेको जापानको जनसङ्ख्या पाचौँ वर्ष लगातार ठूलो सङ्ख्यामा ओरालो लागेको हो ।

त्यस्तै जापानमा शिशु जन्मदरको संख्या सन् १९७९ पछि गत बर्ष सबैभन्दा कम भएको छ । गत वर्ष मात्र ९ लाख २१ हजार शिशुको जन्म भएको जापानको सरकारी रेकर्डले देखाएको छ ।

शिशु जन्मदरको यो संख्या अघिल्लो वर्षको तुलनामा एक लाख भन्दा बढीले कम हो ।

जापानी नागरिकको संख्या वर्षेनी घटेपनि जापानमा बस्ने विदेशी नागरिकहरूको संख्या भने बढेर दुई प्रतिशत नाघेको छ। विदेशी नागरिकहरूको संख्या बढेर गत वर्ष २ लाख ६६ हजार नाघेको छ । यो संख्या जापानको कुल जनसङ्ख्याको २ प्रतिशत भन्दा बढी हो ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l