विदेशीलाई घरकोठा भाडामा दिन किन हिचकिचाउँछन् जापानिजहरू ?

२६ बैशाख २०७६
banner

टोकियो । विदेशीहरूका लागि जापानमा घरकोठा पाउन एक कठिन कार्य हो। धेरै जापानी घर धनिहरु विदेशीका लागि घर भाडामा दिन एकदमै हिचकिचाउने गरेको पाइन्छ । त्यसैमा पनि आज भोलि त नेपालीहरू भने पछि कोठा दिन नै मान्दैनन् ।  विशेष त पछिल्लो समय जापानमा नेपालीको बढ्दो चाप संगै बिभिन्न नराम्रा घटनाहरुमा पनि नेपालीको संलग्नता बढेको समाचार आएपछि बढी मात्रमा सोधखोज  गने गरेको एक नेपाली युवा बताउँछन् । 

 त्यसो त पाएको खण्डमा पनि जापानमा कोठा लिनको लागि जापानिज ग्यारेन्टर अर्थात विदेशी भए पर्मानेन्ट भिसा भएको ग्यारेन्टर अनि ग्यारेन्टर  कम्पनी हुनुपर्दछ । ग्यारेन्टि बसिदिएको खण्डमा मात्रै रुम लिन सकिन्छ । धेरैले आफू पढेको कलेजको टिचर अनि काम गर्दै गरेको छ भने कम्पनीले ग्यारेन्टर बसिदिने गरेको पाइन्छ भने पछिल्लो समय टिचर र कम्पनीले पनि ग्यारेन्टर बस्न नमानिदिँदा विदेशीहरूलाइर्  रुम लिन झन् गाह्रो भएको हो । 

केही मुख्य कारणहरु:

१– जापानिज भाषा राम्रो नहुदाँ र जापानिजहरूलाई अरु  भाषा नआउने र कोठा दिए पछि कम्युनिकेसन गर्न पर्ने  समस्याले ।

२– वर्गीकृत फोहोरहरु समय प्रावधान अनुसार नफालिदिनाले ।

४– घरधनीको अनुमति बिना मनपरी संख्या वृद्धि गर्नाले   ।

५– कोठा सर्दा सफा नगरी  कोठा छोड्ने गर्नाले  ।

६– केही विद्यार्थी समस्यालाई बेवास्ता गर्नाले (जस्तै स्कुल छोडेर काम मात्रै गर्ने चाहना राखी विद्यार्थी भिसा मै बस्नाले)।

७– आवश्यक प्रक्रियाहरू धेरै हुने भएकाले ।

 ८- होहल्ला  गर्नाले  ।

मैले माथि उल्लेखित गरेका कारणहरू हाम्रो मानव जीवनमा हुने सामान्य कुरा मात्रै हुन तर यिनै उल्लेखित  कारणहरूले गर्दा जापान जस्तो बिकसित राष्ट्रमा पनि हामी हैरानीमा परिरहेका हुन्छौ तर यस्तै साना साना कुराहरूबाट सुधार गर्न सकेमा मात्रै सबैको मन जित्न सकिन्छ  ।

साना साना कुराहरू सुधार गर्न सकेमा जापान बसाइ पनि  सजिलै  हुन्छ । यी कुराहरूलाई ध्यानमा राखी हामी आफैबाट सुधार गर्न सके मात्रै अब जापान आउने नेपाली तथा विदेसीहरुलाई सहज होला अन्यथा जापान एक ठाउँबाट आर्को ठाउँमा सर्न र रुम पाउन पनि अत्यन्त गाह्रो हुँदै जाने देखिन्छ । आजैदेखि  जापान बसाइलाई  सुखमय जीवन बनाउन सुरुवात गरौँ।

लेखकः सुरेश घिमिरे । उनी जापानमा कार्यरत छन् ।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |