‘जात्रै जात्रा’को ५१ दिने सेलिब्रेसन : दीपक–दीपादेखि संजोग–वर्षासम्म, अरु को–को पुगे ?

२२ अषाढ २०७६
banner

काठमाडौं । फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शनको ५१ दिन मनाएको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पुरा गरेको हो । राजधानीका ७ हलमा फिल्मले सफलताका साथ ५१ दिन मनाएको हो । 

प्रदिप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, हयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतको अभिनय छ । ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी छ । त्यस्तै कलाकार रविन्द्र सिंह बानियाँ फिल्मका कार्यकारी निर्माता हुन् । 

फिल्मले ५१ दिन मनाएको उपलक्ष्यमा निर्माण यूनिटले शनिबार साँझ राजधानीको सोल्टी होटलमा सेलिब्रेसनको कार्यक्रम आयोजना गरि ‘जात्रै जात्रा’का कलाकार, प्राविधिक, हल सञ्चालक, वितरक सहित सहयोग पुर्याउने सञ्चारमाध्यमलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको छ । 

सेलिब्रेसन कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, फिल्म लेखक तथा कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दीपाश्री निरौला, निश्चल बस्नेत, हाँस्य कलाकारद्धय केदार घिमिरे, जितु नेपाल लगायतको उपस्थिति थियो । 

त्यस्तै अभिनेत्रीहरु श्वेता खड्का, पूजा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा पनि कार्यक्रममा पुगेका थिए । 

यो फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । 

फिल्मको सफलतासंगै यसका निर्देशक प्रदिपले ५१ दिन मनाउने फिल्ममा ह्याट्रिक गर्न सफल भएका छन् । प्रदिपले यसअघि निर्देशन गरेका दुई फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ले गौरवमय ५१ दिन मनाएका थिए ।

-तस्वीरमा हेर्नुहोस् ५१ दिने सेलिब्रेसन ।  तस्वीरहरु :आर्यन धिमाल

ताजा भिडियो

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |