जीप दुर्घटनामा गम्भिर घाइते भएका २ जनालाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

२३ आश्विन २०७५
banner

काठमाडौं । बझाङको बाग्थलाबाट बिजगडाका लागि छुटेको जीप दुर्घटनामा परी गम्भिर घाइते भएका दुर्इ जनालार्इ हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ। 

जीप चालक केदारस्युँ–६ का रणबहादुर खाती र कञ्चनपुर बेदकोट– ५ की बालिका माया बोहरालाई काठमाडौं ल्याइएको हो। घाइते बाँकी ४ जनालाई डडेल्धुरा उपक्षेत्रीय अस्पताल रिफर गरिएको छ।

मंगलबार बिहान बुङगलको एक मन्दिरमा चलिरहेको पूजामा सहभागी हुन कञ्चनपुर र कैलालीबाट त्यसतर्फ हिँडेका यात्रुहरु बोकेको जीप बुङ्गल नगरपालिकाको मिडीबगरमा दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि ३ पुगेको छ। कञ्चनपुर बेदकोट ५ का ६५ वर्षीया विष्नादेवी बोहरा, घोडाघोडी ५ कैलालीका ५६ वर्षीय धन बहादुर बोहराको घटनास्थलमै ज्यान गएको थियो भने, गम्भिर घाइते भएका कञ्चनपुर बेदकोट नगरपालिका ५ का प्रेम बोहोराको देउरा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l