जीवन के हो? (कविता)

५ फाल्गुन २०७५
banner

सुदर्शन सापकोटा 

जीवन के हो?
जगतको के छ जानकारी?
केका लागि तिमी दौडिरहेको छौ ?
बुझौ केही बुझाउ सहि,
जन्म(मृत्युको मात्र हिसाब हेर जैले हुन्छ शून्य। 
मान्छेको जन्म पाएकाछौ गरि जाउ केही पुन्य।

ब्यर्थ मर्छौ किन आरिसले ,
छोड्दैन कालले हेर कसै गरि।
आयौ हामी विलय हुनुछ यसै गरि।
आउ रिस राग छोडी घमण्डलाई तोडि ।
बुझौ यति, लान्छ समयले तिमिलाइ नछोडी,
त्यसैले,
त्यागौ लोभ भ्रमको, आदार गरौ श्रमको। 
सोच राखौ सहि, मानब धर्ममा रहि।
बरु आउ प्रण गरौ।

माया र करुणाको,
सद्भाव र सहअस्तित्व 
बुझौं आफुलाइ जसरी अरुलाइ,
हामी एउटै हौ सोचौ सबैको भलाइ।
हिजो कोहि आयो आज कोहि गहिरहेछ।
बृत्त औटै हो। घुम्नु छ चक्र जिवनको।
कोहि छिटो घुमिरहेछ कोहि ढिला।
गति तिम्रो समयको छ नगर अबेला।
किन गर्छौ जानेर पनि नजाने जस्तो?
छैन हेर जीवन त्येती धेरै सस्तो।

त्येसैले,
बाडौ माया प्रेम, त्यागै रिसराग-कुन्ठा कसै गरि।
नगरी ढिला बनाउ जीवनलाई  अमुल्य यसै गरि।
जस्तो गर्यौ मिल्छ त्यस्तै फल, अरुलाइ छुन्न जीवन।
यस्तै सुख दुख बिच फुल्छ झर्नलाइ एक दिन हुन्न जीवन।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |