लिगलिगकोटमा फहराइयो ठूलो राष्ट्रिय झण्डा

२८ पौष २०७५
banner

गोरखा । गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ। 

पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले शुक्रबार ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको हो। 

राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि पहिलो चरणको कामको शुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताए।

उनले लिगलगिकोटमा राखिएको झण्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने जानकारी गराए। उनले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। 

नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा घरवास विकासका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ। 

उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेर प्रदेशस्तरीय सङ्ग्रहालय निर्माणको काम अघि बढाइसकेको छ। 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l