भारतको झारखण्ड जङ्गलमा भिडन्त, ४ जनाको मृत्यु

२ बैशाख २०७६
banner

झारखण्ड, भारत । भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल ९सीआरपिएफ० र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ। 

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो। “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ। उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ। 

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।