यसरी मनाईयो थिमी बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा

२ बैशाख २०७६
banner

काठमाडौं । भक्तपुरको थिमी बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ। बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडेका छन्।

सोमबार श्रेष्ठले परम्परागत रुपमा श्रेष्ठले ७ वर्षदेखि निरन्तरता दिदै आएका छन्। स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडेको स्थानीयले बताएका छन्।

बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा उनको जिब्रो छेडिएको हो।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ। जिब्रो छेडे पछि महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा पनि सम्पन्न हुन्छ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाग श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उनले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष दोहोर्याएका हुन्।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको बताउँदै आएका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।