थुलुङदूधकोशीमा जीप दुर्घटनामा एकको मृत्यु, ७ घाईते

२० कार्तिक २०७५

banner

सोलुखुम्बु । जिल्लाको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। 

थुलुङदूधकोशी गाउँपालिका–३ का वडाध्यक्ष भूपालध्वज राईका अनुसार मृत्यु हुनेमा स्थानीयवासी रामकाजी राईको १९ वर्षीया छोरी सरिना रहेकी छिन्। 

सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा९च ९६४७ नंको बोलेरो दुर्घटना भएको वडाध्यक्ष राईले जानकारी दिए। “चाडपर्वको समयमा दुःखद घटना घट्यो”, गाउँपालिका अध्यक्ष राईले भने, “घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल फाप्लु लागिएको छ।

”आज साँझ करीब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा उक्त बोलेरो खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रजिअ टुक्ति शेर्पाले बताए। घटनाको अन्य थप विवरण आउन बाँकी छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »