रुकुममा जीप दुर्घटना, वडा अध्यक्षसहित ८ जना घाइते

३० बैशाख २०७६
banner

रुकुम । रुकुमको आठविसकोट नगरपालिकामा जीप दुर्घटनामा परी ८ जना घाईते भएका छन्। आईतबार साँझ आठविसकोट नगरपालिका ८ दाजेबाट राडी बजारतर्फ जाँदै गरेको ग १ ज ६०४० नम्बरको जीप साउने खोला नजिकै दुर्घटना हुँदा वडा अध्यक्ष सहित ८ जना घाइते भएका हुन। 

घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेहरुमा आठविसकोट नगरपालिका ८ का २८ वर्षका भुपेन्द्र बोहोरा, ४० वर्षका प्रजित बुढा, २१ वर्षका दिपक बोहोरा, ४० वर्षका भिम बहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ। 

यस्तै आठविसकोट ७ का वडा अध्यक्ष नबराज बुढा, १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते भएका हुन्। घाइते मध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3