फौजदारी कानुनमा संशोधन गर्न माग गर्दै पत्रकारहरु सडकमा, हेर्नुहोस् ८ फोटो

२२ भाद्र २०७५

banner

काठमाडौँ। नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ।

पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन संचार माध्यामबाट गरिएको आग्रह बेवास्ता गरेपछि महासंघले शुक्रबारबाट सडक आन्दोलन सुरु गरेको हो। शुक्रबार दिउँसो नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै पत्रकारहरुले आफूहरुलाई फौंजदारी अभियोग लगाउने प्रावधान हटाउन सरकार तयार नभएपछि बाध्य भएर सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको बताएका छन्।

 

 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सडक आन्दोलनमा आउन बाध्य हुनु परेको बताए। उनले तत्काल आफूहरुको माग अनुसार नयाँ मुलुकी ऐन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध रहेको, कतिपय प्रावधान पत्रकारहरुलाई अपराधि सरह कार्वाही गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्दै सरकार र सरोकारवाला निकायलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ। अध्यक्ष आचार्यले अब पनि आफूहरुको माग सम्बोधन नभए सरकार विरुद्ध कडा आन्दोलनमा जाने गरी आगामी सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिए।

आन्दोलनको थप कार्यक्रम तय गर्न आईतबार र सोमबार महासंघको कार्य समिति बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलनको थप कार्यक्रम तय गर्नेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »