जापानको विद्यार्थी भिसामा थप कडाइ

२९ जेठ २०७६
banner

टोकियो । जापानले विद्यार्थी भिसामा थप कडाई गरेको छ । दुई बर्षको बिचमा टोकियो युनिभर्सि्टिग्राजुएट स्कूल अफ सोसियल वेलफेयरका १६ सय विद्यार्थी बेपत्ता भएपछि जापान सरकारले जापान विद्यार्थी भिसामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

टोकियो युनिभर्सिटीका १६ सय विद्यार्थी बेपत्ता हुनुमा विद्यालयको पनि गम्भिर लापरवाही हुनेगरेको पाइएपछि जापान सरकारले जापानभरका विद्यालयलाई विदेशी विद्यार्थी लिन कडा नियममा बाँध्ने भएको छ ।

जापानको शिक्षा मन्त्रालय तथा अध्यागमन विभागले विदेशी विद्यार्थीको भिसामा कडाइ गरेको पुष्टि गर्दै विवादीत कलेजहरूमा थप विदेशी विद्यार्थीको भिसा आवेदन स्वीकृत नहुने स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालय र इमिग्रेशन ब्युरोले टोकियो युनिभर्सिटीको टोकियो, गुन्मा र नागोयामा रहेका ४ क्याम्पसहरूमा गत मार्च देखि मे महिनाको वीचमा अनुगमन गर्दा १६ सय बढी विदेशी विद्यार्थी बेपत्ताको काण्ड सार्वजनिक भएको थियो ।

सो काण्डपछि विद्यार्थीको रुपमा आएर सम्पर्कविहीन भएका मध्ये केहीले एकदिन पनि विद्यालय नलिएको र सबैजसोको जापानी भाषा एकदम कमजोर रहेको पत्ता लागेको छ ।

जापानमा विदेशी विद्यार्थी गैरकानूनी काममा संलग्न र भिसाको म्यादभन्दा बढी समय बस्ने, शरणार्थी आवेदन दिने जस्ता गतिविधिले जापानको सुरक्षा व्यवस्थामानै चुनौति थपिएको निष्कर्षसहित जापान सरकारले विदेशी विद्यार्थीको भिसा देखी जापानमा भिसा नवीकरणमा व्यापक कडाइ थालेको हो ।

कक्षामा न्यूनतम ७० प्रतिशत उपस्थित हुनुपर्ने नियम सहित विद्यार्थीहरूलाई कडा नियममा बाँध्न थालेको जापान सरकारले जापान अध्ययनको नाममा भिषा लगाएर काम र कमाउन आउने धेरै पाइएको जनाएको छ ।

जापान आउनुअघि निश्चित तहको भाषा, जापान अध्ययनकै लागि आउने र अध्ययनको लागि खर्चको वास्तविक श्रोत देखाउन सकेमात्र अब विदेशी विद्यार्थीले भिसा पाउने जापानका अध्यागमन अधिकारीहरूले जनाएका छन् । japansamchar

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l