कविता : अनुनय

३ माघ २०७५
banner

डिल्लीराज रेग्मी (नि. केन्द्रीय सदस्य , नेपाली काङ्ग्रेस

आयोजना  खाउ 
परियोजना खाउ 
परि आए माटो र ढुङ्गा खाउ 
वाईड खाउ , न्यारो खाउ 
धर्म खाउ, मर्म खाउ 

रोजी रोजी निर्मला र अस्मिता खाउ 
सत्य खाउ , निष्ठा खाउ 
" ऊ "फर्केका युवा लास खाउ 
तिम्रा सुपुष्ट कपोलमा मेरो देश चम्किन्छ 
तिमी छौ र पो शिर निहुरिन्छ 

डाँडा खाउ , पहाड खाउ 
चुरे खाउ ,भावर खाउ 
न्याय खाउ , विधि खाउ 
"सबकुछ अर्पण " सबै खाउ ।
घाँटी चिलायो गरिबप्रवर !
माफी पाऊँ 

यति सम्म भन्न पाऊँ
त्यो डाक्टर लाई ज्युँदै पाऊँ। 
# सन्दर्भ : डा . के.सी सत्याग्रह

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l