कालिञ्चोक दर्शन गर्न जाने पर्यटकलाई ५० प्रतिशत छुट

१९ माघ २०७५
banner

काठमाडौं । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ।

धार्मिक रुपले पनि प्रसिद्ध मानिएको कालिञ्चोक भगवती मन्दिरलाई प्रकृतिले दिएको उपहारको रुपमा पनि लिइन्छ। नजिकका सबै हिमाल तथा चारैतिर देखिने अग्ला हिमालले कालिञ्चोकको शोभा अझै बढाएको छ।

कालिञ्चोक मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त हुन्छ भन्दै आन्तरिक तथा बाह्य पर्यटकहरु त्यो ठाउँ हेर्नका लागि भ्याइनभ्याइ गर्छन्। समुद्र सतहबाट करिब ३८ सय ४२ मिटरको उचाइमा रहेको उक्त मन्दिरमा दशैं, जनैपूर्णिमा, नववर्ष र चैतेदशैंको बेला त खुट्टा टेक्ने ठाउँ समेत नहुने स्थानीयहरु बताउँछन्।

पर्यटकहरुको घुँइचो हुने भएकै कारण कालिञ्चोकबाट जिरी बजारमा फर्केर बास बसुन् भन्दै नगरपालिकाले नयाँ अफर ल्याएको छ। कालिञ्चोकमा पर्यटकहरुको घुँइचो लागेर आवासको व्यवस्था कम भएको भन्दै केही पर्यटकहरु फिर्ता आएर जिरी बजारमा बसुन् भन्ने हेतूले जिरीका होटल व्यवसायीले होटलमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जिरी नगरपालिकाका नगरप्रमुख टंकबहादुर जिरेलले बताए।

होटल व्यवसायीले कालिञ्चोक भ्रमणमा आउने पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि कोठा भाडामा छुट अफर गरेको नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले बताए।

पछिल्लो समय जिरीमा नयाँ होटल व्यवसायी पनि थपिँदै जाँदा पर्यटकहरुलाई पनि आकर्षण गर्न होटलका कोठाको भाडामा छुटको व्यवस्था गरेको अध्यक्ष शेर्पाले डिसी नेपाललाई बताए।

पर्यटन प्रवर्धन तथा पर्यटकलाई सहज वातावरण सिर्जना गर्नका लागि व्यवसायीले माघदेखि वैशाखसम्मका लागि छुट अफर दिएको छ। माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय नगरपालिकाकै नेतृवमा भएको हो।

नगरप्रमुख जिरेलले भने, ‘कालिञ्चोकमा पर्यटकको घुँइचो लागेर खाने बस्नको समस्या भएको गुनासो आउन थाल्यो। त्यसैलाई सहज बनाउन जिरीमा होटलहरुको छुटको व्यवस्था गरेका हौं।’

दशैं तिहार जस्तै अन्य समयमा पनि पर्यटकको घुँइचो लागिरहने कालिञ्चोकमा होटल व्यवसाय धेरै भएपनि पर्यटक अनुसार कम भएको छ। नगर प्रमुख जिरेलले भने, ‘कालिञ्चोकमा पर्यटकहरुले बाहिर जाडोमा सुत्नु परेको, सामानहरु पनि चोरी हुन थालेको भन्ने गुनासोका कारण जिरीमा होटल व्यवसायीसंग छुट गर्ने भन्ने निर्णय गरेका हौं।’

जिरी र कालिञ्चोकको दुरी करिब ३ घण्टाको पैदल यात्रा जस्तै छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष शेर्पाले भने, ‘कालिञ्चोक मन्दिरमा दर्शन गरेर फर्केपछि पर्यटकलाई पनि जिरीका होटलमा आकर्षण गर्न यो अफर ल्याएका हौं।’

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l