कञ्चनपुरमा बिहेमा गएका युवकको विभत्स हत्या, तीन युवती पक्राउ

२ बैशाख २०७६
banner

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो ।

उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए । बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए । बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन जना युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l