अन्तराष्ट्रिय कराँते प्रतियोगिता सुदूरपश्चिममा हुने

२ बैशाख २०७६
banner

काठमाडौं। नवौं अन्तराष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनघढीमा आयोजना हुने भएको छ।

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेबाट सुदूरपश्चिम प्रदेशको धनघढी रंगशालामा सो प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो।

सुदूरपश्चिम प्रदेशको पहिचानलाई फराकिलो पार्दै त्यहाँको समृद्धिमा समेत योगदान पु¥याउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको पनि संघका महासचिव प्रकाश चन्दले जानकारी दिए।

प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन वटा विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा च्याम्पियन टिमलाई ७५ हजार नगद पुरस्कारसहित सम्मान गरिने पनि महासचिव चन्दले बताए। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिव १ हजार बढि महिला तथा पुरुष खेलाडीहरु सहभागी हुनेछन्।

राष्ट्रवादी विकासशील अभियान, नेपाल मुख्य प्रायोजक रहेको सो प्रतियोगिता विगत १६ वर्षयता नियमित रुपमा आयोजना हुँदै आएको छ। प्रतियोगितामा सबै प्रदेश, स्कुल, कलेज, डोजो तथा तीन वटै विभागीय टिमका खेलाडीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको पनि संघले जनाएको छ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l