करिना कपूरले यसरी बर्बाद गरिदिएकी थिइन् बबी देओलको करिअर

२ बैशाख २०७६
banner

एजेन्सी । ब्लकबस्टर फिल्म जब वी मेटमा करिना र शाहिदको जोडी निकै हिट भयो । तर निर्देशक इम्तियाज अलीको फिल्मको लागि निर्माताको पहिलो रोजाई शाहिद नभई बबी देओल थिए । एक अन्तरवार्तामा बबी देओलले भनेका थिए, ‘जब वी मेटको लागि करीनाले आफै शाहिदलाई चुनेपछि फिल्म शाहिदलाई मिल्यो । पहिले जब वी मेट गीत नामबाट बन्नेवाला थियो ।

बबी देओलका अनुसार उनले जब इम्तियाज अलीको फिल्म ‘सोचा ना था’ मा काम गरे त्यसपछि अली उनको फ्यान भएका थिए । जब अली जब वी मेट गर्न चाहान्थे त्यतिबेला फिल्मको नाम गीत थियो । यस फिल्मको लागि बबीले इम्तियाज अलीसँग र फिल्म प्रोडक्शन हाउससँग पनि कुरा गरेका थिए ।

प्रोडक्सन हाउसले यो फिल्म धेरै महंगो भएको भन्दै बनाउन इन्कार गरेको थियो । उता करीनापनि इम्तियाजसँग भेटिइनन् । करिब ६ वर्षपछि बबीलाई ठूलो झट्का लाग्यो जब उक्त फिल्म जब वी मेटको नामबाट शुरु भयो । यसमा करीनाले उनको ठाउँमा प्रेमी शाहिदलाई लिइसकेकी थिइन् । बबी देओल आज पनि यो कुरामा चित्त दुखाउँछन् कि करीनाले त्यस समयमा यदि उनको करियर बर्बाद नगरेको भए सायद आज उनी अन्तै हुने थिए ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l