करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

२४ अषाढ २०७६
banner

काठमाडौं । सिराहाको लहान नगरपालिका २३ बथनाहा बस्ने ४५ वर्षीया बिमला देवी साहको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ।

आफ्नै घरदेखि १ सय मिटर पर खेतबारीमा मोटरद्वारा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी बिमलालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १२ गोडियारी टोल बस्ने २२ वर्षीय नारायण पण्डितको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ।

भाउजु लिला देवी पंडितलाई मोटर जडान भएको कलमा हात धुने क्रममा करेन्ट लागेको देखेर छुटाउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका नारायणको उपचारको लागि गोल्डेन अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

लिला देवी पंडितको अवस्था हाल समान्य रहेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l